बिहीबार , साउन २१ गते २०८३

विज्ञापन संघको अध्यक्षमा सोम धिताल र महासचिवमा कृष्ण घिमिरे विजयी

विज्ञापन संघको अध्यक्षमा सोम धिताल र महासचिवमा कृष्ण घिमिरे विजयी

अखबार दैनिक
सोमबार, पुस २७ २०७७
  • विज्ञापन संघको अध्यक्षमा सोम धिताल र महासचिवमा कृष्ण घिमिरे विजयी

    विज्ञापन एजेन्सीहरुको छाता संस्था नेपाल विज्ञापन संघ(आन) को २१ औं साधारण सभाले सोमप्रसाद धितालको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

    शनिवार सम्पन्न संघको साधारण सभाले तीन वर्षका लागि धितालको नेतृत्वका लागि नयाँ कार्यसमिति पनि चयन गरेको छ । संघको विधानअनुसार बरिष्ठ उपाध्यक्ष सोमप्रसाद धिताल स्वतः अध्यक्ष बनेका हुन् । धिताललाई साधारणसभाले निर्विरोध अध्यक्षको घोषणा गरेको हो ।

    महासंघको महासचिव कृष्ण घिमिरे, द्धितिय उपाध्यक्षमा पिताम्बर पोखरेल विजयी भएका छन् ।

    निर्वाचित भएपछि धितालले कोभिडका बाबजुद पनि बजार चलायमान रहेको र सबै सरोकारवालाको सहकार्यमा छिटै नै कोभिडको प्रभावबाट पार पाउने बताए । विज्ञापन नपाएर धेरै सञ्चारगृह र सञ्चारकर्मी अप्ठ्यारोमा परेकाले समस्या समाधानका लागि सरकारले सबैलाई हातेमालो र एकाकार गरेर अघि बढ्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

    संघका सदस्य हाल ३२० विज्ञापन संस्था रहेको र ती संस्थामार्फत ११ हजारभन्दा बढीले प्रत्यक्ष रोजगार पाइरहेको जानाकारी दिए ।

    साधारणसभामा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले भोकसँगै गुणस्तरहीन सामग्रीको प्रयोगबाट हुनसक्ने रोगव्याधीको खतरालाई मध्यनजर गर्दै दूरदराजमा गुणस्तरीय सामग्री पुर्याउनेतर्फ हाम्रा विज्ञापन र सूचना परिलक्षित हुनुपर्नेमा जोड दिए ।

    मन्त्री गुरुङले भने, ‘सरकार, निजी क्षेत्र र नागरिक समाज जवाफदेही र जिम्मेवार भएमा मात्र ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल हुनसक्छ, कमजोरीलाई मात्र उछाल्ने होइन, सकारात्मक सन्देश प्रवाह गर्ने र गौरव बढाउने खालका कार्यक्रमलाई विज्ञापन र सूचनामा प्राथमिकता दिए मुलुकको गौरव बढ्छ ।’

    बाध्यात्मक परिस्थितिका कारण प्रतिनिधिसभा विघटन गरेर चुनावमा जानुपरेको बताउँदै एक प्रसङ्गमा उनले भने, ‘लोकतन्त्रको प्राणका रूपमा रहेको निर्वाचनमार्फत नयाँ निकास दिएर समृद्धिका लागि अघि बढ्ने प्रयास भइरहेको छ ।’

    नेपाल उद्योग वाणिज्य संघका अध्यक्ष शेखर गोल्छाले कोभिड–१९ ले मुलुकको अर्थतन्त्रलाई खुम्च्याएकाले विज्ञापनको बजार १२ अर्बबाट झरेर छ अर्बमा सीमित हुनपुगेको धारणा राखे ।

    उनले भने, ‘हामीले मुलुकको अर्थतन्त्रलाई कसरी माथि उठाउन सकिन्छ भनी ‘भिजन पेपर’ निर्माण गरिरहेका छौँ, व्यापार व्यवसायका लागि सबैभन्दा ठूलो कुरा भनेको आफ्ना उत्पादन विज्ञापनकामार्फत प्रचारप्रसार गरी व्यवसाय प्रवर्द्धन गर्नु नै हो ।’

    137376482_2821856518032801_2034832627976595513_n.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार