बिहीबार , साउन २१ गते २०८३

लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित

लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित

अखबार दैनिक
सोमबार, पुस २७ २०७७
  • लाइसेन्सको लिखित र ट्रायल परीक्षा स्थगित

    यातायात व्यवस्था विभाग बागमती प्रदेश अन्तर्गतको चाबहिल यातायात कार्यालयले अनिश्चितकालका लागि लाइसेन्सको लिखित र ट्रायल दुबै परीक्षा स्थगित गरिएको जनाएको छ ।

    आज (सोमबार) एक सूचना जारी गर्दै कार्यालयले परीक्षा निगरानीका लागि ट्राफिक प्रहरी नखटाइएकाले आजदेखि नै अनिश्चितकालका लागि चालक अनुमतीपत्र (लाइसेन्स) को लिखित र प्रयोगात्मक दुबै परीक्षा स्थगित गरिएको जनाएको हो ।

    कार्यालद्धारा जारी सूचनामा भनिएको छ, ‘लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि कार्यालयको संयोजकत्वमा महानगरीय ट्राफक प्रहरीको प्रतिनिधिमुलक भूमिका रहदै आएकोमा महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट पुस २७ गते प्रतिनिधि ट्राफिक प्रहरी उपलब्ध नहुने व्यहोरापत्र प्राप्त भएकाले आजैदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मको लागि कार्यालबाट संचालन गरिने लिखित तथा प्रयोगात्मक परीक्षा स्थगित गरिएको छ ।

    135576614_3652171331504486_4355787362808956838_n_cgD1gAXLLo.jpg

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार