बिहीबार , साउन २१ गते २०८३

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

अखबार दैनिक
बुधबार, पुस २९ २०७७
  • महोत्तरीमा राष्ट्रिय परिचयपत्र वितरण शुरु

    महोत्तरी जिल्लाबाट आजदेखि राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम शुरु भएको छ ।

    प्रमुख जिल्ला अधिकारी केशव विमलीले आज जिल्लाका ज्येष्ठ नागरिक नेपाल पत्रकार महासङ्घ महोत्तरीका पूर्वअध्यक्ष एवं तत्कालीन मटिहानी गाउँ विकास समितिका अध्यक्ष ८६ वर्षीय पत्रकार विन्देश्वरीप्रसाद मण्डललाई परिचयपत्र वितरण गरी कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

    नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डललगायत जिल्लाका अन्य व्यक्तित्वहरुलाई पनि आजै राष्ट्रिय परिचयपत्र वितरण गरिएको हो । महोत्तरीमा २०७६ साल साउन १३ गतेदेखि शुरु भएको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता कार्यक्रमअन्तर्गत आजसम्म २१ हजार २५९ जनाको विवरण दर्ता भएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । सोमध्ये २०७६ भदौ ८ गतेसम्म दर्ता भएका दुई हजार जनाको राष्ट्रिय परिचयपत्र बनेर आइसकेको र वितरण प्रक्रिया आजदेखि शुरु भएको हो ।

    त्यसैगरी आजदेखि विवरण सङ्कलनको काम र परिचय वितरणको कामसँगसँगै हुने प्रजिअ विमलीले बताए । राष्ट्रिय परिचयपत्रका लागि अहिले महोत्तरीमा दैनिक औसतमा सय जनाको विवरण सङ्कलन हुँदै आएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार