बिहीबार , साउन २१ गते २०८३

परराष्ट्र मन्त्री ज्ञवाली भारत प्रस्थान

परराष्ट्र मन्त्री ज्ञवाली भारत प्रस्थान

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • परराष्ट्र मन्त्री ज्ञवाली भारत प्रस्थान

    परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भारत भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन्। ,p>परराष्ट्र मन्त्रालयका अनुसार नेपाल-भारत संयुक्त आयोगको छैटौँ बैठकका लागि मन्त्री ज्ञवाली त्यसतर्फ प्रस्थान गरेका हुन्।

    आयोगको बैठकमा नेपाल भारत द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। छलफलका क्रममा व्यापार, पारवहन, ऊर्जा, सीमा, कोभिड९१९ साझेदारी, पूर्वाधार, लगानी, कृषि, पर्यटन, संस्कृति, कनेक्टिभिटीका क्षेत्रमा छलफल हुने बताइएको छ ।

    दिल्लीमा रहँदा मन्त्री ज्ञवालीले उच्चस्तरीय भेटवार्ता गर्ने समेत गर्नेछन् ।

    मन्त्री ज्ञवालीको टोलीमा भारतका लागि नेपाली राजदूत, परराष्ट्र सचिव, स्वास्थ्य सचिव तथा अन्य उच्च सरकारी अधिकारीहरू सहभागी छन्। मन्त्री ज्ञवाली ३ गते नेपाल फर्किने छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार