बिहीबार , साउन २१ गते २०८३

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्वाङ

मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्वाङ

अखबार दैनिक
बिहीबार , माघ १ २०७७
  • मुलुक निर्वाचनमा गइसक्यो, जनतामा जान नडराऔँ : मन्त्री नेम्वाङ

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त कुमार नेम्वाङले मुलुक निर्वाचनमा गइसकेकाले लोकतान्त्रिक शक्ति जनतामा जान डराउनु नहुने बताएका छन् ।

    पार्टीभित्रैबाट सरकारलाई सफल हुन नदिने अवस्था आएपछि जनतामा जानुको विकल्प प्रधानमन्त्री केपी शर्मा ओली र सरकारसँग नरहेकाले प्रतिनिधिसभा विघटन गरी निर्वाचनको घोषणा गरिएको उनको भनाइ छ । फिदिम नगरपालिकाको आठौँ नगरसभाको बुधबार उद्घाटन गर्दै उनले प्रतिनिधिसभामा ६४ प्रतिशत मत रहे पनि सरकार सबैतिरबाट अप्ठ्यारोमा परेपछि जनतामा जाने विकल्प रोजिएको जानकारी दिए । “पार्टीभित्रैबाट सरकारलाई चल्न नदिने अवस्था आएपछि मुलुकलाई जकट्याएर राख्नुहुन्छ ?”, उनले प्रश्न गरे, “पार्टीबाट उत्पन्न गरिएका समस्या सरकारले कहाँ राख्ने ? त्यसैले जनतामा जानुपरेको हो ।”

    अभिमत लिन जनतामा जाने कुराभन्दा वैधानिक र लोकतान्त्रिक काम अरु हुन नसक्ने जनाउँदै मन्त्री नेम्वाङले निर्वाचनमा जाने कामले कसरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समस्यामा पार्‍यो ? प्रश्न गरे । “मुलुक डुब्ने, प्रतिगमन हुने, संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्नेजस्ता भ्रमले निर्वाचन रोकिँदैन”

    नगरसभामा नगर उपप्रमुख उर्मिला प्रधान श्रेष्ठले नगरपालिकाको गत आर्थिक वर्षको समीक्षासहित चालु आर्थिक वर्षको संशोधित बजेट प्रस्तुत गरेकी थिइन् । उनले रु ८६ करोड ६३ लाख ५२ हजार ७३१ को संशोधित बजेट नगरसभामा प्रस्तुत गरेकी हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार