बिहीबार , साउन २१ गते २०८३

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्छ : महेश बस्नेत

प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्छ : महेश बस्नेत

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा जानुपर्छ : महेश बस्नेत

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले आफू प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा रहेको बताएका छन् । विराटनगरमा पत्रकार सम्मेलन गर्दै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको पक्षमा जानुपर्ने बताएका हुन् ।

    ‘शासकीय स्वरुपमा संसदीय ढाँचामा नजाउँ भन्ने त्यतिबेला नेकपा एमालेभित्र माग थियो,’ उनले भने, ‘प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीमा काङ्ग्रेसभित्र पनि गगन, गुरु, विश्वप्रकाशजीहरुको साथ थियो । धेरै बुद्धिजीवीले पनि साथ दिएका थिए । तर माधव नेपाल र झलनाथ खनालले छाडिदिए ।’

    तत्कालीन एमालेको स्पष्ट अडान नहुँदा त्यसबेला एजेण्डा छाडिएको उनको भनाइ छ । ‘अहिले पनि शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बनाउन सक्दा एकदम राम्रो,’ उनले भने, ‘नेकपामा हामी छलफल पनि गर्छाैं ।’

    विकसित देशमा दुई पटकभन्दा बढी समय राष्ट्रपति वा प्रधानमन्त्रीमा निर्वाचित हुन नपाउने व्यवस्था रहेको बताउँदै उनले नेपालमा पनि दुई पटकमात्रै नेतृत्व गर्न पाउने मोडालिटी संविधानमै लेखिनुपर्ने बताए । पार्टीको विधानमा पनि दुई पटकभन्दा धेरै पटक प्रधानमन्त्री बन्न नपाउने उल्लेख गर्नुपर्ने बताए ।

    उनले प्रदेश सरकार प्रभावकारी नदेखिएको बताए । तीन तहको सरकारमा केन्द्र र स्थानीय सरकार प्रभावकारी देखिएको बताउँदै उनले प्रभावकारी नदेखिएको प्रदेश सरकारले अतिरिक्त भार थपेको बताए ।

    निरु पालले प्रदेश संरचना भङ्ग गर्नुपर्ने धारण राखेको विषय उल्लेख गर्दै उनले प्रदेशलाई अझै कमजोर बनाउँदा आर्थिक भार कम गर्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार