बिहीबार , साउन २१ गते २०८३

संसद विघटनविरुद्धको रिट सुनुवाइ संवैधानिक कि वृहत पूर्ण इजलासमा भन्ने बहस जारी

संसद विघटनविरुद्धको रिट सुनुवाइ संवैधानिक कि वृहत पूर्ण इजलासमा भन्ने बहस जारी

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • संसद विघटनविरुद्धको रिट सुनुवाइ संवैधानिक कि वृहत पूर्ण इजलासमा भन्ने बहस जारी

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटहरुमाथिको सुनुवाइ सुरु भएको छ । अघिल्लो पटकजस्तै आज पनि रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि वृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा बहस जारी छ ।

    अहिले प्रधानमन्त्रीका निजी वकिल वरिष्ठ अधिवक्ता विष्णु भट्टराईले बहस गर्दै छन् । संसद विघटनको पक्षमा बहस गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले केही राजावादी वकिलहरु छानेका छन् ।

    प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा भंग गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि चुनाव घोषणा गरेपछि सर्वोच्च अदालतमा १२ वटा रिट परेका थिए । ती रिटहरु वृहत पूर्ण इजलासमा गर्नुपर्ने भन्दै अधिवक्ताहरुले संयुक्त निवेदन दिएका थिए । यस मुद्दाको अन्तिम सुनुवाइ गत बुधबार भएको थियो। बुधबार बहस नसकिएछि हेर्दाहेर्दैमा राखेर शुक्रबारसम्मलाई सारिएको थियो । आज पनि यसै विषयमा बहस जारी रहने छ ।

    रिटहरु एकल इजलासमा प्रारम्भिक सुनुवाइपछि संवैधानिक इजलासमा पठाइएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी नेतृत्वको इजलास बनाएका थिए । तर रिट निवेदकहरुले प्रश्न उठाएपछि न्यायाधीश कार्कीले इजलासमा नबस्ने घोषणा गरे । त्यसपछि प्रधानन्यायाधीश जबराले कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार