बिहीबार , साउन २१ गते २०८३

एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : मन्त्री रायमाझी

एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : मन्त्री रायमाझी

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • एमसीसीबारे छिटो निर्णय गर्नुपर्छ : मन्त्री रायमाझी

    उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

    शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे । ‘एमसीसी लागू गरौँ या खारेज गरौँ, तर अब अलमलको अवस्थामा बस्नु हुँदैन,’ उनले भने, ‘म निरन्तरमा लागिरहेको छु, छिट्टै निर्णयमा पुग्छु ।’

    उनले नेकपाभित्रकै विवादका कारण प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेको बताए । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओलीलाई नेपाली जनताले निश्चित समयका लागि जनमत दिएको र कार्यकर्ताले निश्चित समयका लागि पार्टी अध्यक्ष दिए पनि पार्टीका केही पदलोभी नेताका कारण यस्तो अवस्था आएको उनले बताए ।

    उनले कोही कसैलाई बीचैमा प्रधानमन्त्री, पार्टी अध्यक्ष बन्न मन लागेर सरकारविरुद्ध विभिन्न शक्ति केन्द्रसँग मिलेर चलखेल गरेको धारणा राखे ।

    मन्त्री रायमाझीले प्रचण्डले घोषणा गरेर माधव नेपालले समर्थन गरेर केपी ओलीलाई अध्यक्ष तथा प्रधानमन्त्री बनाएको स्मरण गर्दै त्यसरी बनाइएका नेताका पछाडि आफू लागेको बताए ।

    प्रचण्डले माधव नेपाललाई नेता मान्न तयार भएपछि आफूले केपी ओलीलाई मान्दा लिगेसी छाडेको आरोप लगाइनु आवश्यक नभएको भन्दै उनले प्रतिनिधिसभा पुनःस्थापना हुने कुनै संभावना नरहेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार