बिहीबार , साउन २१ गते २०८३

सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न दिन दाहाल-नेपाल समूहको माग

सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न दिन दाहाल-नेपाल समूहको माग

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • सरकारी सञ्चार माध्यमलाई स्वतन्त्र र निष्पक्ष रुपमा काम गर्न दिन दाहाल-नेपाल समूहको माग

    नेकपा(दाहाल-नेपाल) समूहले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र निष्पक्षरुपमा काम गर्न दिन सरकारसँग माग गरेको छ ।

    पार्टी कार्यालय पेरिस डाँडामा शुक्रवार बसेको स्थायी कमिटी बैठकले लोकतन्त्रको सामान्य मान्यता विपरीत एकलौटी रूपमा सरकारी सञ्चारमाध्यमलाई दुरुपयोग गरेको ठहर गर्दै स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिन माग गर्ने निर्णय गरेको हो ।

    ‘संविधान विपरीतका गतिविधि बढाउँदै सरकारले सरकारी साधन र स्रोतहरूको निर्लज्ज रूपमा गुट स्वार्थमा गरिरहेको दुरुपयोग, राज्यका विभिन्न अङ्ग, निकाय र कार्यालयहरूलाई निहित स्वार्थका लागि दिइरहेको दबाब, धम्की तथा प्रशासन र सुरक्षा निकायमा अन्धाधुन्ध रूपमा गरिरहेको सरुवाको यो बैठक निन्दा गर्दछ,’ बैठकले पारित गरेको प्रस्तावमा भनिएको छ, ‘साथै सरकारी सञ्चारमाध्यमहरूलाई लोकतन्त्रको सामान्य मान्यता विपरीत एकलौटी रूपमा दुरुपयोग गरिरहेकामा त्यस्तो कार्यको यो बैठक विरोध गर्दछ र सरकारी सञ्चारमाध्यमहरूलाई स्वतन्त्र र निष्पक्ष रूपमा काम गर्न दिन यो बैठक माग गर्दछ ।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार