बिहीबार , साउन २१ गते २०८३

नेपालको भुमी फिर्ता ल्याउने सामर्थ्य केपी ओलि सरकारमा छैन : प्रचण्ड-माधव समुह

नेपालको भुमी फिर्ता ल्याउने सामर्थ्य केपी ओलि सरकारमा छैन : प्रचण्ड-माधव समुह

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • नेपालको भुमी फिर्ता ल्याउने सामर्थ्य केपी ओलि सरकारमा छैन : प्रचण्ड-माधव समुह

    नेकपा प्रचण्ड–नेपाल समूहले भारतद्वारा सैन्य कब्जा गरी मिचिएको भूमि फिर्ताको वार्ता अघि नबढाउन सरकारलाई चेतावनी दिएको छ । वर्तमान सरकार कामचलाउ भएकाले नेपालको भूमि फिर्ता ल्याउने विषयमा भारतसँग छलफल गरे त्यसलाई आफुहरुले नमान्ने चेतावनी सरकारलाई दिएको हो ।

    प्रचण्ड–नेपाल समूहको पेरिस डाँडामा आज बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार काम चलाउ भइसकेकाले भारतसँगको वार्ता अघि नबढाउन चेतावनी दिएको छ । बैठकले गरेका निर्णयबारे जानकारी दिँदै नेता भीम रावलले भारत भ्रमणका क्रममा कुनै पनि सम्झौता नगर्न चेतावनी दिनुभयो ।

    ‘नेपालको अतिक्रमित भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीमा नेपालको हकभोग कायम गर्न नेपाली जनता र संसदले एकमत भई भारतसँग सार्थक वार्ताका लागि आग्रह गर्दा त्यसतर्फ ध्यान नदिने प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरिएको एवं संविधानविपरीतका काम गर्दै सरकार कामचलाउ रूपमा रहेको हालको समयमा भारत भ्रमण गरी वार्ता आरम्भ गर्ने कार्य सन्देहपूर्ण छ। यस्तो स्थितिमा राष्ट्रिय हितमा आँच आउने कुनै सहमति, सम्झौता र कामकुरा नगर्न चेतावनी दिँदै त्यसो गरिएमा नेपाली जनताका लागि मान्य नहुने कुरा यो बैठक स्पष्ट गर्दछ,’ बैठकपछि नेता रावलले भन्नुभयो ।

    भारतसँग वार्ता गरेर भूमि फिर्ता ल्याउने विषयमा सहमति गरिएमा त्यो वार्ता हाम्रा लागि अमान्य हुने र प्रतिरोधमा उत्रिने चेतावनी समेत उहाले दिनुभयो । सम्पूर्ण नेपालीले नेपालको भूमि भारतबाट फिर्ता ल्याउनुपर्ने माग गरेपनि प्रचण्ड–नेपाल समुहले भने सो भूमि फिर्ता ल्याएमा प्रतिरोधमा उत्रिने चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार