बिहीबार , साउन २१ गते २०८३

राजीव गुरुङ उर्फ दीपक मनाङे वामदेव गौतम पक्षमा उभिएपछी गण्डकी प्रदेश सरकारको दुईतिहाइ गुम्यो

राजीव गुरुङ उर्फ दीपक मनाङे वामदेव गौतम पक्षमा उभिएपछी गण्डकी प्रदेश सरकारको दुईतिहाइ गुम्यो

अखबार दैनिक
शुक्रबार, माघ २ २०७७
  • राजीव गुरुङ उर्फ दीपक मनाङे वामदेव गौतम पक्षमा उभिएपछी गण्डकी प्रदेश सरकारको दुईतिहाइ गुम्यो

    मनाङ ‘ख’ बाट प्रदेशसभामा स्वतन्त्र निर्वाचित प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङे वामदेव गौतम पक्षमा लागेका छन् । उनले आफू नेकपामा कहिल्यै नगएको र दुईतिहाइ पुर्‍याइदिन मात्र सहयोग गरेको बताएका छन् । मनाङेको यो कदमले गण्डकी सरकारको दुईतिहाइ गुमेको छ ।

    निर्वाचित भएको एक वर्षपछि मात्र सांसदको हैसियत पाएका मनाङेलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले ११ असार २०७६ मा नेकपा प्रवेश गराएका थिए । तर, उनी नेकपाको सदस्य भएको कुनै प्रमाण छैन ।

    “म नेकपा भएको भए त कुनै आधिकारिकता हुन्थ्यो होला नि । मसँग केही छैन, दुईतिहाइ मात्र पुर्‍याइदिएको हुँ,” उनले भने । नेकपाको सांसद् भएको भए आफू मन्त्री बन्ने उनले बताए ।

    “म मन्त्री बन्थेँ नि, कहाँ यी नेताको अन्डरमा बस्थेँ म ?” उनले भने । नेकपाको विवाद सर्वोच्च र निर्वाचन आयोगमा चलिरहँदा मनाङेले एकाएक वामदेव गौतमले थालनी गरेको राष्ट्रिय एकता अभियानको केन्द्रीय सदस्य बनेका हुन् ।

    “अब मिलाउनुपर्छ भनेर लागेको हुँ । मिलाउन त पर्‍यो,” उनले भने । नेकपाका नेता वामदेव गौतम आफैंले फोन गरेर सांसद मनाङेलाई पार्टी एकताको राष्ट्रिय अभियानमा लाग्न आग्रह गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार