बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड इमान्दार नेता हुन् : माधव नेपाल

प्रचण्ड इमान्दार नेता हुन् : माधव नेपाल

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • प्रचण्ड इमान्दार नेता हुन् : माधव नेपाल

    नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रचण्डजस्तो इमान्दार नेता कोही नभएको बताएका छन् । शनिबार प्रेस संगठन नेपालले घोराहीमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेपालले प्रचण्ड र आफूप्रति अवस्विास सिर्जना गर्ने र भ्रम छर्ने काम केपी ओली गुटले प्रयास गरिरहेको पनि आरोप लगाए ।

    प्रचण्ड र आफू बीचमा कुनै असमझदारी नरहेको र प्रचण्ड जस्तो इमान्दार कोही नरहेको उनको भनाइ छ । ओलीले गरेको संसद विघटनको चारैतिर विरोध भएपछि उनी सबैतिरबाट एक्लिदै गएको र अब विपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर संयुक्त आन्दोलन गर्ने तयारी भइरहेको पनि नेता नेपालले दाबी गरे ।

    ओलीलाई जनताले साथ नदिने भन्दै मुल पार्टी आफूहरु भएकाले पार्टीको चुनाव चिन्ह र लेटरप्याड दुरुपयोग नगर्न उनले चेतावानी दिए । पत्रकार सम्मेलनमा ओलिप्रति निकै आक्रामक शैलीमा प्रस्तुत भएका नेता नेपालले लामो समय ओलीलाई झेलेको भन्दै उनी कहिल्यै नसुध्रिएको र ओलीले अर्काको अस्तित्व स्वीकार्न नसक्ने भएकाले पार्टीभित्र विग्रह आएको बताए ।

    ओलीको असंवैधानिक कदमले प्रतिगमनलाई फाइदा पुगेको र संविधान विरोधि शक्तिको चलखेल बढेको जिकिर गरे । नेता वामदेव गौतमको नाम नलिइ उनीप्रति संकेत गर्दै नेता नेपालले गौतमको एकता अभियान बालुवा पेलेर तेल निकाल्छु भने जस्तै भएको टिप्पणी गरे। उनले गौतमले भने जस्तै पार्टी एकता सम्भव नरहेको औल्याए । नेता नेपालले ओलीले सडकमा भेटेजती सबैलाई केन्द्रीय सदस्य बनाएको भन्दै उनीप्रती ब्यङ्ग्य कसेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार