बिहीबार , साउन २१ गते २०८३

एटिएम बुथ फुटाउँदै गर्दा तीन जना पक्राउ

एटिएम बुथ फुटाउँदै गर्दा तीन जना पक्राउ

अखबार दैनिक
शनिबार, माघ ३ २०७७
  • एटिएम बुथ फुटाउँदै गर्दा तीन जना पक्राउ

    काठमाडौँ महानगरपालिका–२९ कालिकास्थानस्थित एनआइसी एशिया बैंकको एटिएम बुथको ढोका फुटाउँदै गरेको अवस्थामा तीन जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा काठमाडौँ बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका-७ घर भएका २२ वर्षीय साहिल खत्री, काठमाडौँ महानगरपालिका-२९ कालिकास्थान बस्ने बागलुङ गलकोट नगरपालिका-७ का २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।

    महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार