बिहीबार , साउन २१ गते २०८३

'प्रतिगमन' - कविता

'प्रतिगमन' - कविता

अखबार दैनिक
आइतबार, माघ ४ २०७७
  • 'प्रतिगमन' - कविता

    "प्रतिगमन !!!"


    कामरेडहरु

    जब क्रान्ती र क्रान्तिका सपनाहरु

    सिंहदरबार देखि शितल निवासका

    छत, छतमा सुताईयो

    कहिले मन्त्रीका नाममा सुताईयो

    कहिले मेरा नाममा सुताईयो

    कहिले तेरा नाममा सुताईयो

    आखिर भागबन्डा कै नाममा सुताईयो

    हो त्यति नै बेला देखि हो

    प्रतिगमन जुर्मुराएको

    उ त संसद

    र दरवारका

    गल्ली गल्लिमा

    दाउ पर्खिदै थियो,

    हामिलेनै उस्को हात समाएर हिडाएका थियौं

    संसँगै कुम ठोकाउँदै कुदेका थियौं,

    र प्रतिगमनलाई मलजल गरेका थियौं ।


    प्रतिगमनले त त्यतिखेर जरा गाढिसकेको थियो,

    जतिखेर सयौं निर्मला र सम्झनालाई न्याय चाईयो भन्दै

    माईतिघरमा चिच्चाई चिच्याई आवाज उठाउँदा

    एक निर्मला शितल निवासबाट

    सपक्क परेर

    चिटिक्क परेर

    लावा लस्कर सहित

    साईरन बजाउँदै आउँछिन र

    ती न्यायका आवाजलाई

    निर्मम रुपमा शान्त पारेर जान्छिन् ।


    प्रतिगमन त त्यतिखेर हुर्कन थालिसकेको थियो

    जतिखेर रामबिलाश जस्ता युवाले

    क्वारेन्टाइनमा जिन्दगिको एक चिम्टी

    भिक मागिरहँदा

    सिंहदरवार बाट एक ईश्वर झुल्किन्छन

    अनि कोरोना किटको नाउँमा ॐनिलाई ठम्माउँदै भन्छन्

    " लेउ यो लाखौं रामबिलाशका नाममा ।"


    प्रतिगमन त त्यतिखेर फुल्दै थियो

    जब युवाहरुले

    अत्तिभो

    खत्तीभो

    १० अर्ब खै ?

    भनेर प्रश्न गर्दा

    लाठी लगाईयो ।


    प्रतिगमन त त्यतिखेर फुल्दै थियो

    जतिखेर उखु किसानहरु घरबार बिहिन भई

    माईतिघरको चौबाटोमा छाती पिट्दै थिए

    ठिक उसैबखत

    गुलियो चियाको चुस्की लगाउँदै

    मुसुक्क हाँस्दै

    बिष्णुदेव भन्छन

    मै पनी त हुँ सुकुम्बासी ।


    प्रतिगमन त त्यतिखेर पाकिसकेको थियो

    जब डोल्पाको सुत्केरी बेडमा

    छटपटाई रहेकी डोल्मा

    हेलिकप्टरको आवाज पर्खिरहँदा

    सिंह दरवारले

    वाईडबडिको आवाज कहिलै नसुन्निनेगरी

    थन्क्याईसकेको थियो ।


    त्यसैले त आज

    उ जोरजोरले

    कुर्लदै भन्छ

    यहि नै हो विकाशको आधारशिला ।


    प्रतिगमन त उहिले नै गलिसकेको थियो

    जतिबेला अरबौं मागी

    महाकाली

    छिमेकी मालिकको

    पाउमा चढाईयो

    अनि ब्याजमा

    सस्तो उपचार ।


    प्रतिगमन त त्यतिखेर झरिसकेको थियो

    जब महाकाली पारिकी ७ कक्षाकी रमिला

    आफ्नै लिम्पियाधुरा उत्तरपुस्तिकामा उतार्छु भन्दा

    शत्ताको बाघले

    "पख तँलाई"

    भनेर हप्कायो ।


    प्रतिगमन त त्यतिखेर कुईसकेको थियो

    जतिखेर गायकै बोलेकै भरमा

    पशुपतिलाई पछार्ने र

    लेखेकै भरमा भिम उपाध्यायलाई

    जेलको भिसा लगाईयको थियो।

    कामरेडहरु

    अब फेरि

    एकपटक

    उठौँ, जागौँ, लडौँ

    ऐक्यबद्ध हौं ।

    अनि यो सडिसकेको प्रतिगमन

    वरिपरि भन्किएको

    माखालाई धबाऔं

    र स्वास्थ्य जीवन बाचौं ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार