बिहीबार , साउन २१ गते २०८३

सबै मान्छे ओलीतिर पठाएर वामदेवले एकताकाे भ्रम छर्ने ? : माधव नेपाल

सबै मान्छे ओलीतिर पठाएर वामदेवले एकताकाे भ्रम छर्ने ? : माधव नेपाल

अखबार दैनिक
आइतबार, माघ ४ २०७७
  • सबै मान्छे ओलीतिर पठाएर वामदेवले एकताकाे भ्रम छर्ने ? : माधव नेपाल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले पार्टी उपाध्यक्ष वामदेव गौतमले एकता अभियानको नाममा भ्रम फिँजाएको बताएका छन्।

    नेपालगञ्जमा आइतबार आयोजित कार्यकर्ता भेला तथा प्रशिक्षणमा अध्यक्ष नेपालले उपाध्यक्ष गौतमले आफू नजिकका व्यक्तिलाई ओलीतिर लगाएर एकताको भ्रम छर्न खोजेको आरोप लागएका हुन्।

    नेपालले प्रधानमन्त्री ओलीले आफूलाई सत्तामा पुग्नका लागि पार्टी एकतालाई सिँढीको रूपमा मात्रै प्रयोग गरेको टिप्पणी गरे। अध्यक्ष नेपालले ओली तानाशाही बन्न खोजेको आरोप लगाए। नेपालले विगतमा आफू र झलनाथ खनाल प्रधानमन्त्री हुँदा सामान्य समस्या आउँदा राजीनामा दिएको स्मरण गर्दै अहिले ओलीले पार्टीमा बहुमत गुमाएको अवस्थामा राजीनामा दिनु नै उत्तम हुने बताए।

    नेपालले प्रधानमन्त्री केपी ओलीबाट मुलुक जोगाउन अपील गरेका छन्।नेता नेपालले ओली तनाशाह भन्दै उनीबाट जोगिनु पर्ने बताएका हुन्।

    ओलीलाई विश्वंशकारी भन्दै नेपालले ओलीले बालुवाटार छाड्ने बेलामा ध्वस्त पार्न सक्ने बताए। नेपालले भने, ‛हामीले यस्तो विध्वंशकारी मान्छे पाएको छौं, केपी ओलीले बालुवाटार छाड्ने बेलासम्ममा मुलुक ध्वस्त पार्न बेर छैन।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार