बिहीबार , साउन २१ गते २०८३

केपि ओलि समुहले `जबज´को बारेमा बुझेकै छैन – बामदेब गौतम

केपि ओलि समुहले `जबज´को बारेमा बुझेकै छैन – बामदेब गौतम

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • केपि ओलि समुहले `जबज´को बारेमा बुझेकै छैन – बामदेब गौतम

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा )का उपाध्यक्ष बामदेब गौतमले ओलि समुहले जबजको नीति नै नबुझेको बताएका छन् । जबजको कार्यक्रम बुझेको तर नीति नबुझेको उनको भनाइ छ।`मदन भण्डारी पछि जबज बुझ्ने म नै हो ।प्रचण्डले पनि जबजको प्रमुख ब्यक्ति माधब नेपाल र जनयु द्धको प्रमुख म भएको नै पार्टी नेकपा हो भन्नुभएको छ´उनले भने।

    एक टेलिभिजन कार्यक्रममा उनले केपि ओलि प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै हुँदा समस्या झन् बढेको बताए।आफू पार्टी अध्यक्ष भएको भए जसरी भएपनि मिलाएर लाने खुवी आफुसंग भएको उनको ठम्याइ छ।

    उनले आफू जुन दिन देखि घोषणापत्रको कामलाई छोडेर केपि ओलि अघि बढे त्यही दिन देखि उनले केपि ओलिको साथ छोडेको बताए।उनले भने`म सुरुदेखि नै प्रचण्ड र माधबको को साथमा छु ।प्रचण्ड पनि मेरो अध्यक्ष होनि ।जब पार्टी बिधान अनुसार ,घोषणापत्र अनुसार चलेन तब न समस्या आयो म त सुरु देखिनै यसको बिरोध गर्दै प्रचण्डसंग छु।´

    यसैगरी उनले पार्टीको नाम दुबै समुहले नपाइ अर्कैले पाउन सक्ने स्थिति बन्न सक्ने समेत बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार