बिहीबार , साउन २१ गते २०८३

घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि मल नल्याउने ठेकदारलाई कारबाही नगर्ने निर्णय

घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि मल नल्याउने ठेकदारलाई कारबाही नगर्ने निर्णय

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि मल नल्याउने ठेकदारलाई कारबाही नगर्ने निर्णय

    ठेक्का हत्याएर तोकिएकै समयमा रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको छ ।

    मल नल्याउने ठेकदारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । ‘पुस १४ गते मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको संयोजकत्वमा बसेको बैठकले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई तत्काल कारबाही नगर्न र समय अवधि नतोकी म्याद थप्ने निर्णय माइन्युट गरियो’ स्रोतले भन्यो ।

    मल खरिद सम्बन्धी मन्त्रालयको नीतिगत निर्देशक समितिमा बाह्य मानिसको उपस्थिति राख्न नपाइने भए पनि मुक्तिनाथ जोगाउने निर्णय मुत्तिmनाथकै प्रतिनिधि राखेर गरेको स्रोतको दाबी छ ।

    मुक्तिनाथलाई कारबाही रोकेपछि त्यसैको जगमा टेकेर शैलुङ र होनीको कम्पनीलाई पनि सफाइ दिने नियतसाथ मन्त्रालय लागेको स्रोत बताउँछ । मंसिर १८ गते मल ल्याउने म्याद सकिएको मुक्तिनाथ कृषि कम्पनीलाई पुष १४ सम्म मन्त्रालयकै दबाबले कारबाही रोकिएको र अझै कारबाही नगर्न मन्त्रालयले उक्त निर्णय गरेको थियो । तर कारबाही नगर्न मन्त्रालयको दबाब चिर्दै २७ पुसमा कृषि सामाग्री कम्पनी लिमिटेडले मुक्तिनाथ र शैलुङ इन्रप्राइजेजसँगको मल खरिद सम्झौता रद्ध गर्दै धरौटी जफत गर्ने निर्णय गरेको थियो

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार