बिहीबार , साउन २१ गते २०८३

टोपबहादुर रायमाझी विदेशी शक्तिको दलाल हुन् : भीम रावल

टोपबहादुर रायमाझी विदेशी शक्तिको दलाल हुन् : भीम रावल

अखबार दैनिक
सोमबार, माघ ५ २०७७
  • टोपबहादुर रायमाझी विदेशी शक्तिको दलाल हुन् : भीम रावल

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रभावशाली नेता तथा सांसद भीम बहादुर रावलले चीनले आफूहरुलाई मिल्नुपर्छ भनेर नभनेको दावी गरेका छन्।

    एमसीसी छिटोभन्दा छिटो पारित हुनुपर्छ भनेर उर्जामन्त्री टोपबहादुर रायमाझीले बोलेको कुरामा टिप्पणी गर्दै रावलले भने,‘यस्तो भन्नेहरु विदेशी शक्तिका दलाल हुन्।

    यी दलालहरुसँग होशियार हुनुपर्छ देशभक्त नेपालीहरु, हामीले कहिले कसैको अधिनमा नभएको देश, आज यत्रो राजनीतिक दलहरुको अभ्यास छ, हामी पढेलेखेका मान्छे भनेर दाबी गर्ने, अनि त्यहाँ गएर हाम्रो देशको बाहृय हस्तक्षेप गर्ने, हाम्रो भूमि कब्जा गराउने, प्रसारण लाईनको बहानामा हाम्रो जग्गा कब्जा गराउने, हाम्रो कानून मिच्ने ?, हामीले विदेशी कानून मान्नुपर्ने ? अनि यो देशको मन्त्री हुँ भन्ने मान्छेले निर्लज्ज रुपमा पारित गर्छु भन्ने ?’

    प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।

    पत्रकार धमलाले एमसीसी पारित भयो ? भने तपाईहरु के गर्नुहुन्छ ? भनेर सोधेको प्रश्नमा उनले भने,‘हामी सशक्त विरोध गर्छौं। एमसीसी सम्झौता हेर्नुभयो भने युवराज खतिवडाले कार्यान्वयन सम्झौता गोप्य रुपमा गरे । निजलाई देशद्रोहीसम्बन्धी कारबाही गर्नुपर्दथ्यो।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार