बिहीबार , साउन २१ गते २०८३

माधव नेपालको प्रश्न-संसद् विघटन पछि ओलीको हैसियत के हो ?

माधव नेपालको प्रश्न-संसद् विघटन पछि ओलीको हैसियत के हो ?

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • माधव नेपालको प्रश्न-संसद् विघटन पछि ओलीको हैसियत के हो ?

    नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले ‘ओरिजिनल’ एमाले केपी ओली नभएर आफू नै भएको बताएका छन् । मंगलबार प्रेस संगठनको राष्ट्रिय भेलालालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओलीले अहिले आफूलाई असली एमाले भनेर भ्रम छरिरहेको बताए।

    माधव नेपाल प्रचण्डको कार्यकर्ता बन्न गए भन्ने ओलीको भनाइलाई प्रतिवाद गर्दै नेपालले ‘ओरिजिनल एमाले माधव नेपाल हो, केपी ओली होइन । तर अव कोही छैन एमाले र माओवादी । सबै एक भैसकेको छ, नेकपा भैसकेको छ’, उनले भने । अध्यक्ष नेपालले प्रचण्ड र आफूबीचको सम्बन्ध ४० बर्षदेखिको विश्वासको जगमा अडिएको पनि बताए ।

    उनले ओली गणतन्त्र र संघीयता विरोधी भएको बताए । ‘कुनै भ्रममा नपर्नुस् केपी ओली प्रतिगमनका प्रतिक हुन् । अग्रगमनका होइनन् । उनको एकलवाद, अहंकार, दम्भी र संवैधानिक कदमका विरुद्ध सिंगो देश आन्दोलित छ’, नेपालले भने ।

    उनले संसद् विघटन भइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको हैसियत के हो ? भनेर प्रश्न पनि गरेका छन् । ‘प्रधानमन्त्री ओलीले संसद् विघटन गरेपछि उहाँको हैसियत के रु हामीले त यो संसद् विघटन मानेकै छैनौँ’, अध्यक्ष नेपालले भने । उनले ओलीलाई कि कामचलाउ प्रधानमन्त्री भन्न कि कुर्सी छोड्न चेतावनी पनि दिए ।

    ‘कि काम चलाउ भन्नुस् कि अहिल्यै कुर्सी छोड्नुस्’ नेपालको भनाइ छ, ‘‘तर उहाँ छोड्नुहुन्न । भर्याङ बनाउनुहुन्छ । पार्टी, म र प्रचण्डलाई पनि भर्याङ बनाउनुभयो । केपी ओलीमा चरम व्यक्तिवाद छ । सानो कोटरीमा रमाउनुहुन्छ । यही गुटवादी र अलोकतान्त्रिक संस्कारकाविरुद्ध आन्दोलन गरिरहेका छौँ । ओली पद छाड्न चाहँदैनन्, भ्रमको खेती गर्न खप्पिस् छन् । एक दिनमा ३ जनालाई ३ पद दिने ।’

    उनले संघीयता र परिवर्तन संकटमा भएका बेला सही र गलत छुट्याउन सक्नुर्नेमा पनि जोड दिए । सत्यको पक्षमा उभिने नै असली नेता हो भन्दै उनले परिवर्तनको रक्षा गर्नु साझा दायित्व बनेको बताए । सुन्दर समाजको परिकल्पना साकार पार्न आनदोलन सुरु गरिएको भन्दै यसमा पत्रकारहरुको सकारात्मक भूमिका आवश्यक रहेको पनि नेपालले बताए ।

    उनले अहिले ओलीका साइवर सेना सक्रिय रहेको सुनेको भन्दै तिनीहरुले केही गर्न नसक्ने बताए । ‘अरिगांलको गोला र झुसिल्कराहरुले केही गर्न सक्दैनन् । सत्य र न्याय हाम्रो पक्षमा छ’, अध्यक्ष नेपालको भनाई छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार