बिहीबार , साउन २१ गते २०८३

ओलीको कारण प्रजातन्त्र धरापमा परेको प्रकाशचन्द्र लोहनीकाे ठहर

ओलीको कारण प्रजातन्त्र धरापमा परेको प्रकाशचन्द्र लोहनीकाे ठहर

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • ओलीको कारण प्रजातन्त्र धरापमा परेको प्रकाशचन्द्र लोहनीकाे ठहर

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीका कारण प्रजातन्त्र धरापमा परेको बताएका छन् । उनले अब राजतन्त्र पुनःस्थापनाको विकल्प नभएको समेत जिकिर गरे ।जनताले स्थिर सरकारको निमित्त झन्डै दुई तिहाइ मत नेकपालाइ दिएपनि नेकपाले त्यसको सदुपयोग गर्न नसकेको र आपसी घर झगडाको कारण जनप्रतिनिधि मुलक संस्था प्रतिनिधिसभा विघटन गरिएको डा लोहनीले बताए ।

    मोरङमा आयोजित राप्रपाको कार्यक्रममा उनले संविधानले प्रधानमन्त्री ओलीलाई संसद् विघटन गर्ने अधिकार कतै नदिएको पनि बताए ।संसद विघटन कार्यको वैधानिकताको विषयमा अदालतले गर्ने फैसला ऐतिहासिक हुने बताउँदै उनले कानुनी राजप्रति सवैको विश्वास रहेको धारणा राखे । लोहनीले राजनैनिक तथा कुटनैतिक सवै रुपमा सरकार असफल भैसकेको टिप्पणी गर्दै सरकारकै कारण अन्तर्राष्ट्रिय रुपमा नेपालको छवि समेत धमिलिएको बताए ।

    ओलीको सर्वसत्तावादी चिन्तनको कारण प्रजातन्त्र धरपमा परेको र आफूहरु प्रजातन्त्रको संरक्षणका निमित्त राजसंस्था स्थापनार्थ आन्दोलनरत रहेको पनि उनको भनाइ थियो । फरक प्रसंगमा उनले राजसंस्था र हिन्दुराष्ट्र राप्रपाको मुल सिद्धान्त रहेकाले यसको रक्षा रसंरक्षण गर्नु आफूहरुको कर्तव्य रहेको लोहनीले बताए । कार्यक्रममा पार्टीका अन्य नेताहरु श्याम तिमिल्सिना, जनकराज पाठक, सगुन लावती पाठक, राजु लोहनी, नरेश राईलगायतले सम्वोधन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार