शुक्रबार, साउन २२ गते २०८३

छात्रालाई होटेलमा लगेर परीक्षा दिलाउने प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

छात्रालाई होटेलमा लगेर परीक्षा दिलाउने प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • छात्रालाई होटेलमा लगेर परीक्षा दिलाउने प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ

    छात्रालाई होटेलमा लगेर परीक्षा दिलाएको आरोपमा कास्कीको एक विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ परेका छन्। पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिक विद्यालयका तीन शिक्षक पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ कास्कीकोट घर भएका प्रधानध्यापक ४८ वर्षीय सूर्य तिवारी, कास्कीको रुपा गाउँपालिका–४ सिद्ध घर भएका शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका २० भलाम घर भएका शिक्षक ४० वर्षीय शिरीषकुमार बस्ताकोटी छन्।

    तीनजना शिक्षकको मिलेमतोमा ती छात्रालाई होटेलमा लगेर परीक्षा लिएको पाइएपछि त्यसमा संलग्न शिक्षकहरु पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ। कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयको आंशिक परीक्षाकी परीक्षार्थी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटेलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएका कारण उनीहरु पक्राउ परेका हुन्। उनीहरुले अन्य प्रचलित कानुनविपरीतको अन्य कसुरजन्य कार्यसमेत गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

    सो विषयमा आवश्यक अनुसन्धान गरी दोषीउपर कारबाही गर्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले माघ २ गते पत्राचार गरेको थियो। कास्की प्रहरीले उनीहरुलाई हिरासतमा राखी शिक्षा ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाएको जनाएको छ। अदालतले शिक्षकहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समेत अनुमति दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार