बिहीबार , साउन २१ गते २०८३

नागरिक एपको त्रुटि सच्याउँछौं : गृह मन्त्रालय

नागरिक एपको त्रुटि सच्याउँछौं : गृह मन्त्रालय

अखबार दैनिक
मंगलबार, माघ ६ २०७७
  • नागरिक एपको त्रुटि सच्याउँछौं : गृह मन्त्रालय

    नागरिक एपमा त्रुटि रहेको गुनासो आएपछि गृह मन्त्रालयले सच्याउन थालेको छ। सरकारी सेवालाई डिजिटलाइज गर्ने भन्दै ल्याइएको नागरिक एपमा त्रुटि रहेको गुनासो आएपछि गृह मन्त्रालयले सच्याउन थालेको हो।

    मंगलबार मन्त्रालयका उपसचिव एवं सूचना अधिकारी प्रेमलाल लामिछानेले सूचना जारी गर्दै त्रुटि सच्याउन अनलाइन प्रणालीको विकास गर्ने प्रक्रिया थालिएको बताएका हुन्। नागरिकता सम्बन्धी विवरण मेल नखाएकाले एप प्रयोगमा कठिनाइ भएको गुनासो प्रयोगकर्ताहरुले गरेका थिए।

    ‘‘लाइन हैन, अनलाइनबाट २४ सै घण्टा सरल, सहज र प्रभावकारी सरकारी सेवाका लागि नागरिक एप’ भन्ने नारासहित सोमबारबाट सुरु गरिएको एप हालसम्म एक लाख बढी डाउनलोड भइसकेको छ।

    नागरिक एपमार्फत् प्यान कार्डसम्बन्धी आवेदन गरी प्यान नम्बर प्राप्त गर्ने र सरकारलाई तिरेको करको विवरणसमेत मोबाइल सेटमार्फत नै जानकारी लिन सकिने भनिएको छ।

    एपमार्फत् नागरिकता, राहदानी, शैक्षिक प्रमाणपत्र र मतदाता परिचयपत्रको विवरणहरु प्राप्त गर्न सकिने भनिएको छ। साथै, नागरिक लगानी कोष, सञ्चयकोष र सामाजिक सुरक्षा कोषको खातामा जम्मा भएका रकम विवरणहरुको जानकारी लिने पनि व्यवस्था गरिएको छ ।

    Home-minister-768x593.png

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार