बिहीबार , साउन २१ गते २०८३

ओली प्रवृत्ति जीवित रहेसम्म एकता हुँदैनः प्रचण्ड

ओली प्रवृत्ति जीवित रहेसम्म एकता हुँदैनः प्रचण्ड

अखबार दैनिक
बुधबार, माघ ७ २०७७
  • ओली प्रवृत्ति जीवित रहेसम्म एकता हुँदैनः प्रचण्ड

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली व्यवहार र प्रवृत्तिको कारणले तत्कालै एकता हुन नसक्ने बताएका छन्। प्रधानमन्त्री ओलीले पद छाड्न पर्दा कुर्सी भाँच्ने, घरमा आगो लगाउने काम गर्ने काम गरेकोले उनले आफ्नो गल्ती स्वीकार गरेर फर्कने हो भने मात्र एकता सम्भव रहेको प्रचण्डले बताए।

    बुधवार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘अब जनतालाई कसरी यसको विषयमा प्रस्ट्याएर अगाडि जाने भन्ने विषयमा गम्भीर छौं। हाम्रा होइन राम्रालाई लिएर जाने भन्ने आधार जनतालाई राख्नुपर्छ। पार्टीमा सिस्टम बसाल्न आवश्यक छ। राजनीति आन्दोलन अहिलेसम्मकै गम्भीर मोडमा पुगेको छ।’

    प्रचण्डले अगाडि भने, ‘पार्टी एकतादेखि नै यो सबै समस्या देखिसकेको थियो। पार्टीमा विधि पद्धति नीति कार्यक्रम बजेट तथा नियुक्ति लगायतको विषयमा समस्या थियो। अहिले क्लाइमेक्समा देखियो।’ प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई दुर्घटनातिर लैजान खोजेकाले आफूमा केही आवेग आएको पनि बताए।

    ‘संघीय लोकतान्त्रिक गणतन्त्र, संविधान, शान्ति सम्झौता वा १२ बुँदे समझदारीदेखिको डेमोक्रेटिक प्रोसेसमा मुख्य भूमिका खेल्ने नेता हुनुको नाताले अहिले दुर्घटनातिर देश लैजान खोज्दा अहिले अलिकति आवेग चाहिँ आएकै छ,’ उनले भने, ‘त्यसैले आवेगमा आउँदा कहिलेकाहीँ शब्द चयनमा केही त्रुटि हुने गरेको छ।’

    उनले यति छिटो यति ठुलो दुर्घटना होला भन्ने आफूले नसोचेको पनि बताए। ‘लोकतन्त्रमाथि यति ठुलो प्रहार ? भन्ने कुराले त्यहाँ अलिकति आवेग, अलिकति आक्रोश र चिन्तालाई व्यक्त गर्न खोजिएको हो। यसलाई त्यही रूपमा लिँदा ठिक हुन्छ।’ प्रचण्डले शाकाहारी आन्दोलनले भएन भनेर आफूले हिंसात्मक सङ्घर्ष गर्नुपर्छ भन्न नखोजेको स्पष्टीकरण दिए। उनले भने, ‘मैले शाकाहारी शब्द भनेर हिंसात्मक भनेको होइन तर आवेगपूर्ण भन्न खोजेको हो।’

    अहिलेको लडाइँ पदको लागि हुँदै होइन। हामीलाई पदको आवश्यकता छ भन्ने बाहिर भ्रम फैलाइएको उनले बताए। ‘हाम्रो पदको लडाइँ नभएको मुखले मात्रै नभएर व्यवहारले देखाउन सक्नुपर्छ। ओली र हाम्रो कदम उस्तै भनेर गरिएको भ्रम चिर्छौं। हामी निर्वाचन विरोधी होइनौं तर, हामी अहिले त्यता जाने पक्षमा छैनौं। संविधानमाथि प्रहार भएकाले संसद् पुनस्थापना गराउन लागिरहेका छौं’, उनले भने, ‘पुनस्थापना भएन भने संविधान सकिन्छ। निर्वाचन त जस्तो सुकै तानाशाहले गराएका छन्। संविधान र प्रणाली मिचेपछि हामी उत्रिएका हौं।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार