बिहीबार , साउन २१ गते २०८३

देशमा फेरी द्वन्द्व र हिंसाको कल्पना गर्न सक्दिन: प्रचण्ड

देशमा फेरी द्वन्द्व र हिंसाको कल्पना गर्न सक्दिन: प्रचण्ड

अखबार दैनिक
शुक्रबार, माघ ९ २०७७
  • देशमा फेरी द्वन्द्व र हिंसाको कल्पना गर्न सक्दिन: प्रचण्ड

    नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदममार्फत संविधान र शान्ति प्रक्रिया दुवैलाई विघटन गर्न चाहेको आरोप लगाएका छन्। शुक्रवार राजधानीमा हजारौं समर्थकलाई सम्बोधनका क्रममा प्रचण्डले भने, ‘यो देशमा फेरि युद्ध होस, फेरि हिंसा होस, फेरि अराजकता होस, फेरि आन्दोलन गर्ने परिस्थिति बनोस् भन्ने कसैले पनि चाहेको छैन।’

    उनले संविधान अनुसार अदालतले ओलीको ‘असंवैधानिक कदमलाई’ खारेज गरेर देशमा शान्तिको वातावरण कायम राख्नेमा विश्वास व्यक्त गरे। ‘सर्वोच्च अदालतका सम्मानित न्यायाधीशहरू यो देशमा फेरि द्वन्द्व, फेरि अराजकता, फेरि हिंसा चाहनुहुन्छ भन्ने म कल्पना पनि गर्न सक्दिन,’ प्रचण्डले भने, ‘तर यदि केपी ओलीको स्वेच्छाचारी कदमलाई सही ठहर्‍याउने काम भयो म फेरि युद्धमा जाने वा हिंसाको कुरा छैन।’

    उनले अगाडि भने, ‘शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामा प्रतिबद्धता जनाएर तीन-तीन वटा चुनाव हामीले लडिसक्यौं। तर यदि त्यस्तो भयो भने शान्तिपूर्ण ढङ्गले निरन्तर लाखौँलाख जनता अपील गरेर निरकुंशता सच्याउने मेरो प्रयास भई नै राख्छ। तर ओलीको निरकुंशतालाई प्रोत्साहित गर्ने काम भयो भने नेपालको शान्ति प्रक्रिया पछि धकेलिन्छ कि भन्ने मलाई चिन्ता छ। म गम्भीर शब्दमा सबैलाई अपील गर्न चाहन्छु कि देशलाई बरबाद हुने दिशामा नलगौं।’

    प्रचण्डले राजवादी वा दक्षिणपन्थी जोसुकैसँग मिलेर भए पनि आफूलाई समाप्त पार्ने एकमात्र ‘मिसन’ ओलीले बोकेको आरोप लगाए। आफ्ना कमजोरीको समीक्षा गर्ने र जुनसुकै ढङ्गले भए पनि प्रतिनिधिसभा विघटन सहितका विषयमा गरिएका ‘षडयन्त्रका सेटिङ्’ भत्काउने उनले बताए।

    ‘केपी ओली र केपी ओलीका मान्छेले सेटिङ मिलाइसकेका छौँ भन्ने गरेका छन्। उनीहरुले भन्ने गरेको सेटिङलाई जनताले भत्काएर नयाँ सेटिङ जनताको पक्षमा खडा गर्ने छन्। उनीहरुका प्रतिगामी सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ,’ प्रचण्डले भने, ‘आज काठमाडौंका सडकमा उर्लेको जनसागर हाम्रो अदालतले पनि देख्छ। निर्वाचनले पनि देख्छ। यो उपस्थितिले जनताको जित सुनिश्चित गरेका छन्।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार