बिहीबार , साउन २१ गते २०८३

आमसभा कस्तो हुन्छ २३ गते देखाउछौ : प्रधानमन्त्री

आमसभा कस्तो हुन्छ २३ गते देखाउछौ : प्रधानमन्त्री

अखबार दैनिक
शुक्रबार, माघ ९ २०७७
  • आमसभा कस्तो हुन्छ २३ गते देखाउछौ : प्रधानमन्त्री

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले माघ २३ गते काठमाडौँमा शक्ति प्रदर्शन गर्ने भएको छ। नेकपा दाहाल-नेपाल समूहको प्रदर्शनको प्रतिउत्तरमा ओली समूहले आमसभा गर्न लागेको हो। काठमाडौंमा पेसागत विशेष जिल्ला कमिटीको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले माघ २३ गते काठमाडौँमा बृहत आमसभा गर्ने घोषणा गरेका हुन।

    “आजको विशाल जनसभा हेरियो, खुट्टी देख्दै चाल पाइयो,” ओलीले भने, “आमसभा कस्तो हुन्छ भन्ने कुरा माघ २३ गते हेर्नुस्, हामी देखाउँछौँ।” उनले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने जिकिर गरे।

    दाहाल(नेपाल समूहले लाखौँ कार्यकर्ता सडकमा उतारेर सरकारलाई दबाब दिएको दाबी गरेकै बेला ओलीले साँघुरा गल्लीमा मान्छे भर्दैमा आमसभा नहुने जिकिर गरेका हुन।

    दाहाल(नेपाल समूहले आज (शुक्रबार) गरेको आमसभामा नेता झलनाथ खनालले पार्टीमा को आधिकारिक हो भनेर थाहा पाउन आमसभा हेर्न आउन ओलीलाई भनेका थिए। सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आगामी वैशाखका लागि तोकिएको निर्वाचनलाई एक आन्दोलनका रुपमा लिँदै सुशासन र विकासको गतिलाई तीव्र बनाइने बताए।

    उनले प्रतिनिधिसभा पुनःस्थापनाको व्यवस्था संविधानमा नभएकाले अदालतलाई नधम्क्याउन समेत आग्रह गरे । उनले पार्टी र सरकारलाई कमजोर धरातलको संयुक्त मोर्चा जस्तो स्थितिमा पुर्‍याउनेहरु आफैँ पार्टी छाडेर गएको जनाउँदै अब शुद्धीकरण र देशव्यापी अभियानका साथ परिचालित हुने बताए।

    प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका समयमा तत्कालीन आफ्नो पार्टीले विधानमा संवैधानिक राजतन्त्रको वकालत गरिरहेको नेपाली कांग्रेससँग संयुक्त आन्दोलन गरिरहेका स्थितिमा ‘बयलगाडा चढेर अमेरिका पुगिन्न’ भनी दिएको अभिव्यक्तिलाई अहिले गलत व्याख्या गरिएको स्पष्ट पारेका थिए।

    पार्टी र कम्युनिष्ट आन्दोलनमा शुद्धीकरण आवश्यक भइसकेको थियो भन्दै उनले प्रश्न गरे, “आफ्नै पार्टी नेतृत्व र सरकारविरुद्ध यसरी सडकमा सत्तोसराप गर्नेहरुका बीचमा मैले यसबीचमा कसरी काम गरेँ हुँला रु विश्वमा यसरी कुनै पार्टी चलेको देख्नुभएको छ?” कार्यक्रममा नेकपामा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले प्रतिनिधिसभा विघटन न्यायोजित र आवश्यक भएकाले यसका विरुद्ध आन्दोलन गर्नुको औचित्य नभएको बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार