बिहीबार , साउन २१ गते २०८३

केपी ओली समूह गुण्डा नाइकेहरुको समूह हो : योगेश भट्टराई

केपी ओली समूह गुण्डा नाइकेहरुको समूह हो : योगेश भट्टराई

अखबार दैनिक
शनिबार, माघ १० २०७७
  • केपी ओली समूह गुण्डा नाइकेहरुको समूह हो : योगेश भट्टराई

    नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईले केपी ओली समूह गुण्डा नाइकेहरुको समूह भएको संज्ञा दिएका छन्। मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भट्टराईले केपी ओली समूहले राज्यलाई लुटिरहेको बताए। ओलीले पार्टीभित्र फरक मत र विचार राख्दा त्यसलाई सिध्याउने गरेको बताए।

    उनले भने, पार्टीभित्र फरक विचारलाई स्वीकार गर्नु हुँदैन। नेताहरुको अस्तित्व स्वीकार गर्नु हुन्नँ। आजको घटना त्यसको परिणाम पनि हो। भट्टराईले प्रचण्ड-नेपाल पक्षले नयाँ पार्टी निर्माणको प्रक्रियामा अघि बढेको बताए। संसद बिघटन नयाँ संस्कृति निर्माणको बहस पनि भएको उनले बताए।

    भट्टराईले अहिलेको आन्दोलनले नयाँ र व्यापक वैचारीक बहस सिर्जना गरेको पनि बताए। नयाँ खालको पार्टी, भिन्न संस्कृतिको पार्टी बनाउँछौं, उनले भने, भिन्न विचार राखेको आधारमा कतल्याम गर्न पाइँदैन। आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ। प्रत्येक सदस्यले आफ्नो नेता छान्ने छन्। प्रतिस्पर्धाबाट नेता छानिने छन्।

    उनले अगाडि भने, स्वतन्त्रतापूर्वक आफ्नो विचार राख्न पाउने पार्टी निर्माण गर्छौं। वैचारिक ढंगले नेतृत्व छानिने छ। पार्टीमा सबै समान हुनेछन्। विधान त पार्टी सञ्जालन हुने छ। सार्वभौम सत्ता सदस्यहरुमा निहित हुन्छन्। पार्टी नेता सदस्यहरुले श्रम गरेर खान्छन्। पार्टीको नाममा राज्यलाई लुड्दैनन्।’

    नेता भट्टराईले केपी ओली समूह अराजतीतिक समूह भएको बताए। पार्टीको नाममा ओली समूहले राज्यलाई लुटिरहेको उनले बताए। केपी ओलीले पार्टीलाई अराजनीतिक दिशामा लिए। पार्टीमा अराजितिक समूह बलियो भयो, उनले भने, आज केपी ओली समूहले राज्यलाई लुटिरहेका छन्। गुण्डाहरुले पार्टी चलाई रहेका छन्।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार