बिहीबार , साउन २१ गते २०८३

नेकपा पुनर्गठनको ठाउँमा पुगेको छ : देवेन्द्र पौडेल

नेकपा पुनर्गठनको ठाउँमा पुगेको छ : देवेन्द्र पौडेल

अखबार दैनिक
शनिबार, माघ १० २०७७
  • नेकपा पुनर्गठनको ठाउँमा पुगेको छ : देवेन्द्र पौडेल

    नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले नेकपा पुनर्गठनको ठाउँमा पुगेको बताएका छन्। मार्क्सवादी ज्ञान केन्द्रले आयोजना गरेको अन्तरक्रिया तथा कम्युनिष्ट स्कुल लोकार्पण कार्यक्रममा पौडेलले ओलीको प्रतिगामी कदमपछि नेकपालाई पुनर्गठनको ठाउँमा र्पुयाएको बताएका हुन् ।

    पार्टी एकताका क्रममा भएका कमिकमजोरीहरुलाई सच्याए नेकपालाई नयाँ जीवन दिइने उनले बताए। उनले भने, ‘जनताको माग एकता तिर छन्। रोजगतारी खोजेको छ। समाजवादी मोडेल खोजेका छन्। तर हामीले जनतासँग गरेको बाचा र व्यवहारमा तादम्यता मिलाउन सकेका छैनौं, उनले भने, अहिले हामी पार्टी पुननिर्माणको बिन्दुमा छौं। अब हामी सच्चिनुपर्छ। र समाजवादी क्रान्तिलाई नयाँ ढंगबाट अगाडि बढाउनु पर्छ ।’

    नेता पौडेलले कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा र्पुयाउन नयाँ पुस्तामा पार्टी नेतृत्व हस्तान्तर हुनु पर्ने बताए। नयाँ पुस्ताले पनि त्यसको लागि अब संघर्ष गर्नुपर्ने बेला आएको उनको भनाई छ। नयाँ पुस्ताले पनि पुरानै पुस्ताको भक्तिगान गाएर नयाँ पुस्तामा नेतृत्व ल्याउन नसकिने पौडेलको भनाइ छ ।

    तीनै नेताहरु पञ्चायत व्यवस्थाविरुद्धको आन्दोलनमा, त्यही पुस्ता बहुदलीय व्यवस्थाको लागि सडकमा, अनि पछिल्लो परिवर्तनको नेतृत्व पनि तीनै पुस्ताले छन्, उनले भने, त्यसैले अब नयाँ पुस्ताको आवश्यकता छ। कम्युनिष्ट आन्दोलनलाई अगाडि बढाउन नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पुरानै पुस्ताको पछि लागि पनि रहने। सकेनन भनेर गालि गर्ने प्रवृतिले कहि र्पुयाउँदैन ।

    लेखक मनहरी तिमिल्सिनाको कम्युनिस्ट स्कुलले अहिलेको नयाँ परिवेशमा नयाँ दृष्टिकोण निर्माण गर्न सहयोग गर्ने नेता पौडेलले बताए। उनले कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा र्पुयाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे। यस पुस्तकले कम्युनिस्ट सदस्यहरुलाई निकै ठूलो प्रेणा दिने उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार