बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड बाबुराम गोप्य वार्ता

प्रचण्ड बाबुराम गोप्य वार्ता

अखबार दैनिक
शनिबार, माघ १० २०७७
  • प्रचण्ड बाबुराम गोप्य वार्ता

    नेकपाको प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईबीच शुक्रबार साँझ गोप्य भेटवार्ता भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा विभाजित बनेको बेला प्रचण्ड र भट्टराईबीच भेटवार्ता भएको हो।

    प्रचण्ड नेपाल समूहले जस्तै भट्टराईले पनि ओलीको कदमको चर्को विरोध गर्दै आएका छन्। यही बीचमा दुई नेताबीच भएको भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। लैनचौरस्थित एक घरमा भएको छलफलमा ओलीको कदमविरुद्धको आन्दोलनमा कार्यगत एकतालगायत पार्टी एकीकरणसम्मको विषयमा छलफल भएको स्रोतको दावी छ।

    तत्कालीन एमाले र माओवादीबीच एकीकरण भएपछि नेकपा गठन भएका बेला पनि अध्यक्ष प्रचण्डले डा.भट्टराईलाई पार्टीमा आउन आग्रह गरेपछि भट्टराईले ओलीलाई छाडेर आएपछि मात्र त्यसको बारेमा सोच्न सकिने प्रतिकृया दिएका थिए। अहिले ओलीलाई अलग भइसकेपछि अध्यक्ष भट्टराईसँग एकता गर्न सजिलो हुने धेरैको बुझाई रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार