बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा

प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा

अखबार दैनिक
आइतबार, माघ ११ २०७७
  • प्रधानमन्त्री विरुद्ध सर्वोच्चमा मानहानीको मुद्दा

    प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा मानहानीको मुद्दा पुगेको छ। वरिष्ठ अधिवक्ता डा.कुमार शर्मा आचार्य आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनामा मानहानीको मुद्दा बोकेर अदालतमा पुगेका हुन्। उनको मुद्दा दर्ता हुने प्रक्रियामा रहेको छ।

    प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन रहेको अवस्थामा रिट निवेदकको तर्फबाट वरिष्ठतम् वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संवैधानिक इजलासमा बहस गरेको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबाट अदालतको मानहानी भएको रिट निवेदकको दावी छ।

    माघ ९ गते कार्की बेङ्क्वेटमा आफ्नो पार्टीको कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले वरिष्ठतम् वरिष्ठ अधिवक्ता भण्डारीतर्फ लक्षित गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भनेकोमा अदालतको मानहानी भएको जिकिर रिट निवेदनमा गरिएको छ।

    ‘सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भनेर निन्दायुक्त शब्द प्रयोग गरेको रिट निवेदकको भनाइ छ। ‘अदालत र कानुन व्यवसायीलाई हास्यको पात्रका रुपमा प्रस्तुत गरेर नेपालको संविधानको धारा १२८ को उपधारा (४) बमोजिम अदालत र इजलासको अपहेलना गर्नुभएको छ,’ रिट निवेदनमा भनिएको छ, ‘प्रधानमन्त्रीको पदमा आसिन खड्गप्रसाद शर्मा ओलीले प्रयोग गरेका शब्द, लवज र उहाँले प्रदर्शन गरेको व्यवहारले अदालत र इजलासको अपहेलना भएकाले उहाँलाई अपहेलनामा कारवाही गरी सजायसमेत गरी पाउन सादर अनुरोध गर्दछु।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार