बिहीबार , साउन २१ गते २०८३

शेरधन दम्पत्तिलाई प्रधानमन्त्रीले दिए शुभकामना

शेरधन दम्पत्तिलाई प्रधानमन्त्रीले दिए शुभकामना

अखबार दैनिक
आइतबार, माघ ११ २०७७
  • शेरधन दम्पत्तिलाई प्रधानमन्त्रीले दिए शुभकामना

    प्रदेश १ का मुख्यमन्त्री शेरधन राई दम्पत्तिलाई प्रधानमन्त्री केपी ओलीले शुभकामना दिएका छन्। आइतबार ४९ वर्षको उमेरमा मुख्यमन्त्री राईले २३ वर्षीया मोडल जाङमु शेर्पासँग विवाह गरेपछि आयोजित रिसेप्सन पार्टीमा पुगेर प्रधानमन्त्री ओलीले शुभकामना दिएका हुन्।

    आइतबार दिउँसो राजधानी काठमाडौंको एलिस पार्टी प्यालेसमा थोरै संख्यामा जन्ती लिएर मुख्यमन्त्री राई बेहुली लिन पुगेका थिए। मुख्यमन्त्री राई भोजपुरका हुन् भने बेहुली बनेकी शेर्पाको पुर्ख्यौली संखुवासभा हो।

    बेहुला बनेका मुख्यमन्त्री राई र बेहुली बनेकी शेर्पा परम्परागत पोशाकमा सजिएका थिए। राई दम्पत्तिलाई राष्ट्रपति विद्यादेवी भण्डारीसहितका भीआईपीले विवाहिक जीवनको शुभकामना दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार