बिहीबार , साउन २१ गते २०८३

ओलीको आमसभा पञ्च र्‍यालीभन्दा फरक हुँदैनः प्रचण्ड

ओलीको आमसभा पञ्च र्‍यालीभन्दा फरक हुँदैनः प्रचण्ड

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • ओलीको आमसभा पञ्च र्‍यालीभन्दा फरक हुँदैनः प्रचण्ड

    नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली समूहले गर्ने भनिएको सभा पञ्च र्‍यालीभन्दा फरक नहुने बताएका छन्। सोमबार प्रदेश २ का नेता-कार्यकर्तालाई सम्बोधनमा प्रचण्डले आफूहरुको सभापछि प्रधानमन्त्री केपी शर्मा ओलीले साँचो सभा हामी गर्छौं भनेको सुनाए।

    उनले अघि भने, ‘केपीले जत्रो (सभा) गरेपनि पञ्च र्‍याली भन्दा फरक हुने छैन।’ पञ्चहरुले पनि आफ्नो शासन ढल्नेढल्ने बेलामा कर्मचारी, पुलिसलाई आउनैपर्छ भनेर बोलाउने तथा पैसा दिएर मान्छे ल्याएर सभाहरु गर्ने गरेको भन्दै प्रचण्डले अघि भने, ‘केपीहरुले गर्ने (सभा) ठूलो भएपनि के सानो भए पनि के ? ओली प्रतिक्रान्तिकारी भइसके, कलंकको टीका लगाइसके।’

    माघ २८ मा हुने विरोध प्रदर्शन ९ गतेको भन्दा बृहत् हुने उनले दाबी गरे। उनले भने, ‘स्थायी समितिको बैठकमा छलफल गर्दै जाँदा माघ ९ को भन्दा अझै ठूलो प्रदर्शन गर्नुपर्ने देखियो।’उक्त विरोध प्रर्दशनमा प्रदेश २ बाट ३० हजार बढी सहभागी हुने उनले अपेक्षा राखे। ‘प्रतिगमनलाई हरहालत परास्त गर्नैपर्छ। जीवन मरणको संघर्ष हो,’ प्रचण्डले भने।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार