बिहीबार , साउन २१ गते २०८३

हाम्रो लडाइँ प्रवृत्तिविरुद्ध हो, रोकिने त सवालै छैनः नेपाल

हाम्रो लडाइँ प्रवृत्तिविरुद्ध हो, रोकिने त सवालै छैनः नेपाल

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • हाम्रो लडाइँ प्रवृत्तिविरुद्ध हो, रोकिने त सवालै छैनः नेपाल

    नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आन्दोलनको ज्वारभाटा ल्याउनुको अर्को विकल्प नरहेको बताएका छन्। सोमबार पेरिसडाँडामा आयोजित प्रदेश २ को अगुवा भेलमा नेपालले प्रधानमन्त्री ओलीको गलत कदमविरुद्ध आन्दोलनको ज्वारभाटा ल्याएर सडक तताउनुको अर्को विकल्प नभएको बताएका हुन्।

    ‘ओलीका गलत क्रियाकलापविरुद्ध सडक तताउनुको विकल्प छैन। यति बेला आराम गर्ने बेला होइन,’ उनले भने, ‘ओलीविरुद्धका गलत कामबारे वडा वडा, बस्ती बस्तीमा पुगेर जनतालाई जानकारी दिनुपर्छ।’ नेपालले निर्वाचन आयोगले आफूलाई अध्यक्ष बनाउन अस्वीकार गरेको विषयमा प्रतिक्रिया पनि दिए।

    उनले भने, ‘निर्वाचन आयोगले मलाई अध्यक्ष मान्दिन भनेछ, केही छैन। प्रचण्ड हुँदै हुनुहुन्छ।’ नेपालले केपी ओलीको समूहलाई धूलो छाप पार्टीको संज्ञा दिए। ‘उहाँको केन्द्रीय कमिटी गुटको सदस्य संख्या १५ सय १ भन्नुभएछ, मैले हल्ला सुनिसकेँ २५ सय १ पुगिसक्यो रे,’ उनले भने, ‘अब हुन सक्छ ५ हजार बनाउन पनि बेर छैन, ५ हजारले पनि पुगेन भने १० हजार बनाउने, त्यसैले मैले भन्ने गरेको छु, त्यो सडक छाप होइन, धूलो छाप पार्टी हो, केपी ओलीको धूलो छाप पार्टीमा कोही नजानुहोला।’

    उनले अहिलेको लडाइँ ओलीले लगाएको आरोपजस्तो पदको नभई संविधान र गणतन्त्रका लागि भइरहेको बताए। अहिलेको लडाइँ ओलीले लगाएको आरोपजस्तो पदको नभई संविधान र गणतन्त्रका लागि भइरहेको उनले बताए। नेपालले भने, ‘उहाँ पार्टी अनुशासन मान्नु हुन्न, उहाँ गुटमा रमाउन चाहनुहुन्छ। गुटमा रमाउने उहाँको प्रवृत्ति छ। अहिले लडाइँ त्योभन्दा पनि माथि उठिसक्यो।’

    ‘संविधान बचाउने किन नबचाउने, संघीयता बचाउने किन नबचाउने, गणतन्त्र बचाउने कि नबचाउने, समावेशिता संरक्षण गर्ने कि नगर्ने र यो देशलाई समाजवादको दिशामा लाने कि नलाने, भ्रष्टाचारलाई प्रोत्साहन गर्ने कि नियन्त्रण गर्ने,’ उनले अगाडि भने, ‘यो लडाइँ सही विचारको लडाइँ हो, गलत विचारविरुद्धको लडाइँ हो। त्यसैले तपाईंहरूले खुट्टा घडबडाउनुपर्ने आवश्यकता छैन, कुनै कुरामा भ्रमित हुनुपर्ने आवश्यकता छैन।’

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार