बिहीबार , साउन २१ गते २०८३

‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुर गायकको निधन

‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुर गायकको निधन

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • ‘यो नानीको मिर्मिरे आँखा’का सर्जक धनबहादुर गायकको निधन

    गायक तथा शब्द संकलन धनबहादुर गायकको निधन भएको छ। लामो समयदेखि बिरामी रहेका गायकको पोखराको मणिपाल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा बिहान निधन भएको हो।

    सारंगी संरक्षणका अभियन्तासमेत रहेका गायकलाई छाती र फोक्सोमा समस्या देखिएपछि अस्पताल भर्ना गरी आइसीयूमा राखेर उपचार गरिएको थियो। पोखराकै बाटुलेचौर निवासी उनी चर्चित गीत ‘यो दाजुको मिर्मिरे आँखा’ र ‘बेली र चमेली’ लगायतका गीतका सर्जक हुन्।

    उनकै सक्रियतामा वि.सं. २०६६ सालमा पोखरामा झलकमान गन्धर्व सारंगी पाठशाला स्थापना गरिएको थियो। जहाँ बालबालिकालाई निःशुल्करूपमा सारंगी र मादललगायत वाद्यवादन सामग्री बजाउन सिकाइन्छ। यो पाठशालामा हाल उनका छोरा दिलीप गायकले संगीत सिकाइरहेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार