बिहीबार , साउन २१ गते २०८३

सचिव सरुवा निर्णय भइसकेको छैन

सचिव सरुवा निर्णय भइसकेको छैन

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • सचिव सरुवा निर्णय भइसकेको छैन

    सचिवको सरुवाबारे निर्णय नभइसकेको बुझिएको छ ।

    केही दिनयता ठुलो सङ्ख्यामा सचिव सरुवाको चर्चा चले पनि निर्णय भने नभई सकेको प्रशासन उच्च स्रोतले जानकारी दिएको छ ।

    ‘प्रभावकारीताका आधारमा केही सचिवलाई फेरबदल गर्ने भन्ने कुरा उठेको हो’ ती स्रोतले भने, ‘त्यसअनुसार को को लाई कहाँ पठाउने भन्नेबारे प्रारम्भिक छलफल पनि भएको हो तर निर्णय भएर गुपचुप राखिएको होइन’

    गतसाता केही सचिवहरूको सरुवा विषयमा प्रारम्भिक छलफल भएको कुरा प्रशासन डटकमले लेखेको थियो ।

    अबको सचिव सरुवालाई चुनावी अवस्थासँग जोडेर पनि हेरिएको छ । यदि चुनाव नै हुने भएको अवस्थामा शान्ति सुरक्षा, निर्वाचन आयोग, अख्तियार, सामान्य प्रशासनलगायत केही महत्त्वपूर्ण मन्त्रालयमा सोहीअनुसार सचिवको सरुवा गर्ने तयारी रहेको स्रोतको भनाई छ ।

    केही दिनपछि एक सचिवको बढुवासँगै पदस्थापन गर्ने निर्णयकै बेला अन्य सचिवहरूको सरुवा हुन सक्ने पनि बुझिएको छ । उद्योग सचिव चन्द्र कुमार घिमिरेको ठाउँमा रिक्त एक सचिव बढुवाका लागि सिफारिस समितिको बैठक भोलि(मंगलबार) सिंहदरवारमा बस्दै छ ।

    त्यसैगरी दर्जन बढी सहसचिवहरुको पनि सरुवा गर्ने तयारी रहेपनि सामान्य प्रशासन मन्त्रालयबाट फाइल उठेको छैन ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार