बिहीबार , साउन २१ गते २०८३

वैशाखमा चुनाव गर्न सकिँदैन : गृहमन्त्री

वैशाखमा चुनाव गर्न सकिँदैन : गृहमन्त्री

अखबार दैनिक
सोमबार, माघ १२ २०७७
  • वैशाखमा चुनाव गर्न सकिँदैन : गृहमन्त्री

    गृहमन्त्री रामबहादुर थापाले निर्वाचन पछाडि सर्न सक्ने सङ्केत गरेका छन्। प्रेस सङ्गठन नेपाल कालीकोटले आज आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले उक्त संकेत गरेका हुन्। कार्यक्रममा गृहमन्त्री थापाले प्रतिनिधिसभा विघटन मुद्दामा अदालतको फैसला ढिलो भए निर्वाचन सर्न सक्ने बताए। उनले प्रतिनिधिसभा विघटन मुद्दा अदालतमा विचाराधीन रहेकाले निर्वाचन विषय अदालतको फैसलामा भरपर्ने बताए।

    वैशाखमा निर्वाचनमा हुन्छ कि हुँदैन भन्ने विषय अदालतको फैसलामा भरपर्ने गृहमन्त्री थापाको भनाई थियो। उनले भने, ‘वैशाखमा चुनाव गराउन सरकार तयारी अवस्था छ। निर्वाचन आयोग, सुरक्षा निकायले सबै तयारी गरिरहेका छन्, अदालतको फैसला कुरिरहेका छौँ। अदालतको फैसला ढिला भयो भने निर्वाचन ढिला हुन्छ होला। अदालतले सरकारको निर्णय सदर गर्छ होला।’

    आइतबार मात्रै निर्वाचन आयोगले नेकपाका दुवै पक्षले आधिकारिताको दाबी गर्दै दिएको निवदेन अस्वीकार गरेको थियो। आयोगको सो निर्णयपछि नेकपाको आन्तारिक राजनीति थप अन्यौलतातर्फ धकेलिएको । संसद विघटनसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन्।

    नेकपा दुई भागमा विभाजन भएको र हिजोको निर्वाचन आयोगको निर्णयले विगतको पार्टीलाई आधिकारिकता दिएका कारण आगामी निर्वाचनमा चुनाव चिह्न र पार्टीका विषयमा कानूनी जटिलता आउन सक्ने गृहमन्त्री थापाले बताए। उनले भने- ‘चुनाव चिह्न र पार्टीका विषयमा निर्वाचन आयोगले पुरानै पार्टीलाई निरन्तरता दिएको छ, दुई भागमा विभाजन भएको पार्टीलाई एक ठाउँमा ल्याउन अहिले सम्भव छैन।’ अर्को प्रसंगमा थापाले नेत्रविक्रम चन्द समूहलाई मूल प्रवाहमा आउन आग्रह गरे। निर्मला पन्तको प्रकरणमा अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने गृहमन्त्री थापाले बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार