बिहीबार , साउन २१ गते २०८३

प्रधानमन्त्री ज्यु पशुपतिमा गएर पूजापाठ गर्दैमा अपराध पखालिदैन : नेता रावल

प्रधानमन्त्री ज्यु पशुपतिमा गएर पूजापाठ गर्दैमा अपराध पखालिदैन : नेता रावल

अखबार दैनिक
मंगलबार, माघ १३ २०७७
  • प्रधानमन्त्री ज्यु  पशुपतिमा गएर पूजापाठ गर्दैमा अपराध पखालिदैन : नेता रावल

    नेकपा (प्रचण्ड माधव समूह)का नेता भीम रावलले प्रधानमन्त्री केपी ओली अपराधको पाप पखाल्न पशुपतिनाथ मन्दिर पुगेको आरोप लगाएका छन् । बाजुराको कोल्टी संसद विघटनविरुद्धको विरोधसभामा नेता रावलले प्रधानमन्त्री ओलीले पशुपतिनाथ मन्दिरमा पुगेर पूजा गरेको सन्दर्भमाथि कटाक्ष गर्दै यस्तो बताएका हुन्।

    ओली सोमबार काठमाडौंस्थित पशुपतिनाथ मन्दिर गएर विशेष पूजापाठ गरेका थिए। तर उनले पशुपतिमा गएर बत्ती बाल्दैमा पाप नपखालिने जिकिर समेत गरे । उनले भने, ‘संसद विघटनको चौतर्र्फी बिरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न पशुपतिमा बत्ति बाल्न पुगेका छन् । तर यति ठूलो अपराध बत्ती बालेर पखालिँदैन।’

    पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावलले केपी ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको बरु उल्टै विदेशीहरुसँग झुक्न थालेको पनि आरोप समेत लगाए। यस्तै देश र जनता विरोधी काम गर्न थालेपछि पार्टीले ओलीलाई रोक्न खोजेको उनले स्मरण गर्दै कोरोना भाइरस नियन्त्रणमा कुनै चासो नदेखाको आरोप लगाए। ‘अहिले जनतालाई कोरोना विरुद्ध खोप चाहिएको छ । त्यसका लागि ५० अर्ब रकम आवश्यक छ । त्यता ध्यान छैन ५०, ६० अर्ब खर्च गरेर निर्वाचन गर्न खोज्ने निर्णय गुर्न कति उपयुक्त हो ?,’ रावलको प्रश्न छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार