बिहीबार , साउन २१ गते २०८३

प्रचण्ड-नेपाल एकताको पक्षमा छन्, ओली मात्र विपक्षमा देखिए : गौतम

प्रचण्ड-नेपाल एकताको पक्षमा छन्, ओली मात्र विपक्षमा देखिए : गौतम

अखबार दैनिक
बुधबार, माघ १४ २०७७
  • प्रचण्ड-नेपाल एकताको पक्षमा छन्, ओली मात्र विपक्षमा देखिए : गौतम

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुवैजना पार्टीको अध्यक्ष नभएको बताएका छन्। नेकपा एकता राष्ट्रिय अभियान घोषणा कार्यक्रममा गौतमले दुवैजना नेकपाको भिन्नभिन्नै समूहको नेतामात्रै भएको बताए।

    उनले भने, ‘अहिले दुई समूह निर्माण भएका छन्, एउटा ओली र अर्को प्रचण्ड समूह। यी दुवै समूहका नेताद्वय हिजो नेकपाका अध्यक्ष हुनुहुन्थ्यो, आज उहाँहरू दुई समूहका नेता हुनुभएको छ।’ उपाध्यक्ष गौतमले पार्टी व्यावहारिक र राजनीतिक रूपमा फुटेको र कानुनी रूपमा फुट्न बाँकी रहेको बताए। यसबाट नेता कार्यकर्ताहरू निराश बनेको उनको भनाइ छ।

    गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाका सबै नेता कार्यकर्ता एकताको पक्षमा रहेको दावी गरे। तर प्रधानमन्त्री ओली एकताको पक्षमा नरहेको उनको भनाई छ। ‘प्रचण्डको नेतृत्वमा रहेको ठूलो पंक्ति एकताको पक्षमा छ, यो गर्नै हुने थिएन भन्ने पक्षमा छ,’ गौतमले भने, ‘केपी ओली नेतृत्वमा रहेको समूहमा पनि उहाँ बाहेक सम्भवत सबै एकताको पक्षमा हुनुहुन्छ।’

    उनले दुवै नेकपाका कार्यकर्ताको मनस्थिति बुझ्दा एकताको पक्षमा माहोल देखिएको र एकता भएरै छाड्ने विश्वास व्यक्त गरे। उनले अहिले आफ्नो पक्षमा केन्द्रीय सदस्य हरि पराजुली मात्रै रहेको बताउँदै आफू पार्टी एकताका पक्षमा लाग्ने बताए। उनले १३ वर्ष लगाएर गरेको एकता तीन वर्षमै टुटेको भन्दै उनले यसलाई फेरि जोड्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार