बिहीबार , साउन २१ गते २०८३

ओलीको केन्द्रीय सभाभन्दा प्रचण्ड–नेपालको धादिङको जिल्ला सभामा धेरै उपस्थिति

ओलीको केन्द्रीय सभाभन्दा प्रचण्ड–नेपालको धादिङको जिल्ला सभामा धेरै उपस्थिति

अखबार दैनिक
शुक्रबार, माघ २३ २०७७
  • ओलीको केन्द्रीय सभाभन्दा प्रचण्ड–नेपालको धादिङको जिल्ला सभामा धेरै उपस्थिति

    प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाले शुक्रबार काठमाडौंमा आमसभाको आयोजना गर्‍यो। ३ लाख मान्छे काठमाडौं उतार्ने भन्दै ओली समूहले देशका ७७ वटै जिल्लाबाट कार्यकर्ता ल्याएको थियो। तर, कार्यक्रममा उपस्थिति उत्साहजनक रहेन।

    ओलीको जनसभामा १० देखि १५ हजारको बिचमा सहभागिता रहेको सहभागीहरुले टिप्पणी गरेका छन्। कार्यक्रममा जनता नजुटेपछि ओलीका सल्लाहकार सूर्य थापाले ओलीलाई मान्छे खासै छैनन्, भाषण सक्याउँदा हुन्छ भनेका थिए।

    आमसभामा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहमन्त्री रामबहादुर थापा, शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ लगायतले सम्वोधन गरेका थिए। उनीहरुले सम्वोधनका क्रममा सरकारलाई पार्टीभित्रैबाट काम गर्न नदिएको गुनासो गरेका थिए।

    सभामा गृहमन्त्री थापाले भने फेरि पनि अनौठो भाषण गरेका छन्। उनले सरकारको गृहमन्त्रीमा बसेर ‘आजदेखि तेस्रो जनआन्दोलन सुरु भयो’ भनेका छन्। तर, सरकारमा बसेर गरेको आन्दोलन कसका विरुद्ध ? यस प्रश्नको भने थापाले कार्यक्रममा कुनै स्पष्ट जवाफ दिएनन्। कार्यक्रममा वक्ताहरुले प्रचण्ड–नेपालले आफूहरुलाई काम गर्न नदिएको भन्दै आलोचना गरे।

    ओली समूहका नेता महेश बस्नेतले शुक्रबारको कार्यक्रममा देशभरिबाट ३ लाख जनता आउने दावी गरेका थिए। तर, उनको दाबी त्यतिबेला निरर्थक भयो, जतिबेला कार्यक्रममा खास सहभागिता जुटेन।

    ओलीको केन्द्रीय सभामा सहभागिता नजुटेकै दिन प्रचण्ड–नेपाल नेतृत्वको नेकपाले भने धादिङमा विशाल जनसभा गरेको छ। तस्वीरहरु हेर्दा ओलीको केन्द्रीय सभामा भन्दा प्रचण्ड–नेपालको जिल्ला सभामा बढी सहभागिता देखिएको छ। जिल्ला सभालाई नेकपाका नेताहरु योगेश भट्टराई, शालिकराम जमरकट्टेल लगायतले सम्वोधन गरेका थिए।

    प्रतिगमन विरुद्धको संघर्ष भन्दै नेकपा धादिङले गरेको सभामा हजारौं मानिसहरु सहभागी भएका हुन्। सभामा उपस्थित भएर उनीहरुले ओली सरकारले गरेको असंवैधानिक कदमको विरोध गरेका छन्।

    सभामा सम्वोधन गर्दै नेकपाका नेता योगेश भट्टराईले ओलीको निरंकुशता अन्त्य भएरै छोड्ने बताए। उनले लोकतन्त्रको रक्षाका निम्ति जनतालाई सडकमा आउन आव्हान गर्दै ओलीको सर्वसत्तावाद धेरै दिन नटिक्ने दाबी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार