बिहीबार , साउन २१ गते २०८३

आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

अखबार दैनिक
बिहीबार , माघ २९ २०७७
  • आफ्नो स्वामित्वमा रहेको कम्पनीको संस्थापक शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

    एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ९२ हजार २६६ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ। बैंकले माघ २९ गते (आज) देखि उक्त संस्थापक शेयर विक्रीका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो। उक्त संस्थापक शेयरका लागि आगमी फागुन ७ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ।

    कम्पनीको शेयर खरिद गर्न इच्छुक प्रचलित कानुन बमोजिम योग्य लगानीकर्ताहरुले के कति दर भाउमा लिन कबुल गर्ने हो तोकिएका शर्त पुरा गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न अनुरोध गरिएको छ। शेयर खरिदका लागि न्यूनतम मूल्य ५८२ रुपैयाँ तोकिएको छ।

    बोलपत्र आवेदन फाराम एनआइसी एशिया क्यापिटल लिमिटेडको कार्यालय, एनआइसी एशिया बैंकको कर्पोरेट कार्यालय थापाथली र शाखा कार्यलयहरु विराटनगर, मोरङ, आदर्शनगर बीरगञ्ज पर्सा, महेन्द्रपुल पोखरा, श्रवणपथ बुटवल, हस्पिटल लाईन धनगढी र विरेन्द्रचोक सुर्खेतमा पाइने छ ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार