बिहीबार , साउन २१ गते २०८३

ओली पक्ष उग्रवादी समूह हाे : प्रवक्ता शर्मा

ओली पक्ष उग्रवादी समूह हाे : प्रवक्ता शर्मा

अखबार दैनिक
मंगलबार, फागुन ४ २०७७
  • ओली पक्ष उग्रवादी समूह हाे : प्रवक्ता शर्मा

    नेपाली काँग्रेसले बैतडीको डिलासैनी घटनाको निन्दा गर्दै नेकपा केपी ओली समूहलाई सत्ता उन्माद प्रस्तुत नगर्न चेतावनी दिएको छ। बैतडीको डिलासैनीमा काँग्रेसको कार्यक्रम भइरहेको समयमा मंगलबार अपरान्ह ओली निकट नेकपाबाट नियोजित रूपमा गरिएको आक्रमण निन्दनीय भएको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

    यस्तो प्रवृत्ति परित्याग गर्न चेतावनी दिंदै काँग्रेस प्रवक्ता शर्माले मंगलबार विज्ञप्ति जारी गरी डिलासैनी घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरेर कारबाही गर्न माग गरे । सत्तारूढ नेकपाको स्थानीय पार्टी पंक्तिमा उग्रवादी चरित्र भर्न केन्द्रीय नेतृत्वकै अभिव्यक्ति शैली र ब्यवहारले भुमिका खेलेको काँग्रेसको ठहर छ।

    नेपाली काँग्रेसका केन्द्रीय सदस्यद्वय एनपी साउद र डिला संग्रौला, नेपाली काँग्रेस बैतडीका सभापति नरेन्द्रजंग थापा लगायत स्थानीय नेतृत्व एवं नेविसंघका पूर्वसभापति नैनसिंह महर सहभागी कार्यक्रममा ओली समूहले ढुंगामुढा गरेको थियो।

    ओली समूहको उक्त कार्यबाट काँग्रेस नेता साउदसहित केही कार्यकर्ता घाइते भएका छन्। ओली समूह केही सवारी साधनमा तोडफोड समेत गरेको शर्माले बताए। एक्कासि भएको आक्रमण पश्चात् पार्टीका तरुण कार्यकर्ताले तत्कालै प्रतिवाद गरेको केहिबेरपछि कार्यक्रम सुचारू भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार