बिहीबार , साउन २१ गते २०८३

ग्रीनलाइफ हाइड्रोपावरकाे आइपीओ बाँडफाँड भाेली, कतिले पाउँदैछन् सेयर ?

ग्रीनलाइफ हाइड्रोपावरकाे आइपीओ बाँडफाँड भाेली, कतिले पाउँदैछन् सेयर ?

अखबार दैनिक
बिहीबार , फागुन ६ २०७७
  • ग्रीनलाइफ हाइड्रोपावरकाे आइपीओ बाँडफाँड भाेली, कतिले पाउँदैछन् सेयर ?

    ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक बिओके क्यापिटलको अनुसार सर्व साधारणमा बिक्री गरेको आइपीओ शुक्रबार विहान ९ बजे कम्पनीको कार्यलयमा बाँडफाँड गरिने भएको हो।

    हाइड्रोपावरको आइपीओमा १३ लाख ३७ हजार ९४२ जना आवेदकबाट २ करोड ३९ लाख ७६ हजार ६०० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।कम्पनीले बिक्रीमा ल्याएको आइपीओको यो ७.३७ गुणा धेरै हो।

    मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार गोलाप्रथाबाट न्युनतम १० कित्ताका दरले शेयर वितरण हुनेछ।

    त्यस अनुसार ३ लाख २५ हजार १६५ जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। हालसम्म आवेदन दिएकामध्ये १० लाख १२ हजार अर्थात ७५.७ प्रतिशलले शेयर नपाउने देखिन्छ।

    ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

    त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार