बिहीबार , साउन २१ गते २०८३

टुँडिखेलमा प्रचण्ड-माधव पक्षको मानव साङ्लो

टुँडिखेलमा प्रचण्ड-माधव पक्षको मानव साङ्लो

अखबार दैनिक
बिहीबार , फागुन ६ २०७७
  • टुँडिखेलमा प्रचण्ड-माधव पक्षको मानव साङ्लो

    प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले काठमाण्डौको टुँडिखेललाई मानव साङ्लोले घेरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गएको पुस ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड-माधव समूहको नेकपाले तीन चरणका विरोध तथा सङ्घर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ।

    चौथो चरणको सङ्घर्षको कार्यक्रमअन्तर्गत बिहीवार काठमाण्डौको टुँडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरोध गरेको हो। नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताए।

    मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावादलगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरू प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरूले पार्टीको झण्डा र सूर्य चिह्न पनि बोकेका थिए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार