बिहीबार , साउन २१ गते २०८३

जतिसकुै बेला जेसुकै हुन सक्छ, तयार रहनुस् : प्रचण्ड-माधव

जतिसकुै बेला जेसुकै हुन सक्छ, तयार रहनुस् : प्रचण्ड-माधव

अखबार दैनिक
शुक्रबार, फागुन ७ २०७७
  • जतिसकुै बेला जेसुकै हुन सक्छ, तयार रहनुस् : प्रचण्ड-माधव

    नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ। उक्त समूहले जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको हो।

    शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

    बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले समसामयिक राजनीतिक अवस्थाबारे जानकारी गराएका थिए। संसद् विघटन विरुद्ध उक्त पार्टीले गरिरहेको आन्दोलन र त्यसको परिणामबारे जनसंघर्ष समितिका संयोजक एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका थिए।

    बैठकमा आफ्नो संक्षिप्त धारणामात्रै राखेका प्रचण्डले बाँकी विश्लेषणको व्याख्या अर्का अध्यक्ष माधव नेपाललाई आग्रह गरेका थिए। त्यसपछि अर्का अध्यक्ष माधव कुमार नेपाल र नेता नारायणकाजी श्रेष्ठले बदलिँदो वर्तमान राजनीतिक अवस्था, सर्वोच्च अदालतको फैसला, निर्वाचन आयोगले निर्णय गर्न गरेको ढिलाइ र प्रधानमन्त्री केपी ओलीले अझै पनि अवस्था आफ्नो पक्षमा पार्न गरिरहेको षड्यन्त्र र सम्भावित कदमबारे विश्लेषण गरेका थिए।

    बैठकमा उपस्थित केन्द्रीय सदस्यहरुले नागरिकताको प्रतिलिपी बुझाउँदै हस्ताक्षर गरेका छन्। एक केन्द्रीय सदस्यका अनुसार शुक्रबारको बैठक झण्डै दुई घण्टा चलेको थियो।

    बैठकमा अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफूहरू विश्वस्त रहेको बताएका छन्। शुक्रबार केन्द्रीय समिति बैठकमा बोल्दै दाहालले संसद पुनर्स्थापनामा प्रश्न नै नभएको बताएका हुन्। उनले निर्वाचन आयोगले आफ्नो समूहलाई आधिकारिकता दिने पनि दाबी गरे। ‘निर्वाचन आयोगमा परिस्थिति अलि सङ्लियो भन्ने लागेको छ,’ दाहालले भने।

    पछिल्लो राजनीतिक अवस्था र आन्दोलनबारे जानकारी दिन केन्द्रीय कमिटी बैठक बोलाइएको हो। बैठकमा बोल्दै अर्का अध्यक्ष माधवकुमार नेपालले ओली पक्षले जे–जस्ता तर्क गरे पनि निर्वाचन आयोगको आधिकारिकता आफूहरूले पाउने दाबी गरेका थिए।

    शुक्रबार नै प्रतिनिधिसभा विघटनविरूद्ध परेका रिटको बहस सर्वोच्च अदालतमा सकिएको छ। अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने भन्दै प्रचण्ड-नेपाल समूह विश्वस्त छ।

    प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनपछि प्रचण्ड(नेपाल समूह आन्दोलनमा छ। ओलीलाई यो समूहले आफ्नो समूहबाट हटाइसकेको छ। ओली नेतृत्वमा अर्कै नेकपा छ। दुबै नेकपाले निर्वाचन आयोगमा आधिकारिकताको दाबी गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार