बिहीबार , साउन २१ गते २०८३

ओली कम्युनिष्ट आन्दोलनका दोस्रो ‘केशरजङ्ग’ भए : सोमनाथ सापकोटा

ओली कम्युनिष्ट आन्दोलनका दोस्रो ‘केशरजङ्ग’ भए : सोमनाथ सापकोटा

अखबार दैनिक
शुक्रबार, फागुन ७ २०७७
  • ओली कम्युनिष्ट आन्दोलनका दोस्रो ‘केशरजङ्ग’ भए : सोमनाथ सापकोटा

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षका गुल्मी जिल्ला कमिटी अध्यक्ष सोमनाथ सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलनका पछिल्ला ‘केशरजङ्ग’ भएको टिप्पणी गरेका छन्। देशका सचेत जनताले प्रधानमन्त्री ओलीको उक्त रुपलाई राम्ररी चिनिसकेको उनको भनाइ थियो ।

    शुक्रबार सो पार्टी निकट दलित मुक्ति संगठनको विस्तारित जिल्ला कमिटी बैठकलाई सम्बोधन गर्दै सापकोटाले प्रधानमन्त्री केपी ओलीलाई दुई तिहाई बहुमतसहित प्रधानमन्त्री बनाए पनि सत्तामा पुगेपछि ‘प्रतिगमनकारी शक्तिको नाईके’ बनेर नेपाली जनताको मतको अपमान गर्दै प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए।

    उनले ओली पक्षमा लागेका नेकपाका केही कार्यकर्ताले ओलीको उक्त रुपलाई पहिचान गरिसकेका कारण आफूहरुतिर आएको र केही साथीहरुले प्रचण्ड-नेपाल पक्षमा फर्कने मनसाय राखेको बताए। उनले भने, ‘केही साथीहरु हामीतिर फर्किसक्नु भएको छ, केही भने केपी ओलीको राष्ट्रवादलाई समर्थन गर्दै त्यता लागेको भए पनि केपीको राष्ट्रवाद नक्कली रहेको थाहा पाएपछि अब संस्थापन पक्षमै फर्किन्छौं भन्नु भएको छ।’

    सो पार्टीको प्रदेश कमिटी सदस्य निमबहादुर पाण्डेले केपी ओलीलाई अब कम्युनिष्ट पार्टीको झण्डा बोक्ने अधिकार नभएको बताए। अर्का प्रदेश कमिटी सदस्य गणेश विश्वकर्माले दलित, जनजाति, मधेसी, मुस्लिमहरुको अधिकार खोस्न खोज्ने केपी ओलीलाई नेपाली जनताले अब छिट्टै ठेगान लगाउने चेतावनी दिए।

    सो पार्टीका जिल्ला सचिव वीरबहादुर कार्कीले गुल्मीमा नेकपाको दुई तिहाईभन्दा बढी नेता-कार्यकर्ताहरु प्रचण्ड-नेपाल पक्षमै रहेकोले डटेर अगाडि बढ्न कार्यकर्ताहरुलाई आह्वान गरे। सो पार्टीका युवा नेता हिरा एसीले २०१७ सालमा कम्युनिष्ट पार्टीको महासचिव भएका केशरजङ्ग रायमाझीलाई चिन्न ६ वर्ष लागेको थियो तर अहिलेका केपी ओलीलाई नेपाली जनताले चिन्न ६ महिना पनि नलाग्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार