बिहीबार , साउन २१ गते २०८३

तिलक परियारलाई हटाएर ओलीले दलित समुदायकै अपमान गरे : प्रचण्ड

तिलक परियारलाई हटाएर ओलीले दलित समुदायकै अपमान गरे : प्रचण्ड

अखबार दैनिक
शुक्रबार, फागुन ७ २०७७
  • तिलक परियारलाई हटाएर ओलीले दलित समुदायकै अपमान गरे : प्रचण्ड

    सरकारले प्रदेश नंबर २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेपछि नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असन्तुष्टी ब्यक्त गरेका छन् । उनले २ नम्बर प्रदेश प्रमुख परियारलाई पदमुक्त गरिनु निरंकुशता र संविधानको हुर्मत लिने निचताको पराकाष्टा भएको बताएका छन्। साथै सम्पुर्ण दलित समुदाय माथि नै अपमान भएको बिचार ब्यक्त गरेको प्रचण्डको निजि सचिवालयले जनाएको छ।

    प्रचण्डका निजी सचिव समेत रहेकी छोरी गंगा दाहालले शुक्रबार साँझ फेसबुकमार्फत अध्यक्ष प्रचण्डको सो धारणा सार्वजनिक गरेकी हुन्। सरकारले शुक्रबार प्रदेश २ का प्रमुख रहेका परियारलाई पदमुक्त गर्दै उनको स्थानमा राजेश झा अहिराजलाई नियुक्त गरेको थियो। नवनियुक्त प्रदेश प्रमुख झाले आजै राष्ट्रपतिबाट सपथ समेत लिइसकेका छन्।

    नेकपा २ धारमा विभाजन भएपछि तत्कालीन माओवादी केन्द्रको कोटाबाट प्रदेश प्रमुखको रुपमा सिफारिस भएर नियुक्त भएका परियारलाई प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएका हुन्। केहीदिन पहिले परियारका स्वकीय सचिव र प्रधानमन्त्री ओलीका विश्वासपात्र समेत रहेका नेपाल रेल्वे कर्पोरेशनका महाप्रवन्धक गूरु भट्टराईबिच टेलिफोनमा एकअर्का विरुद्ध धम्कीपूर्ण गालीगलौज भएको थियो। परियारले सोही विषयको रिसइवी साँध्न आफूलाई पदबाट हटाएको प्रतिक्रिया दिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार