बिहीबार , साउन २१ गते २०८३

‘उठ तिलोत्तमा’ लोकार्पण

‘उठ तिलोत्तमा’ लोकार्पण

अखबार दैनिक
शनिबार, फागुन ८ २०७७
  • ‘उठ तिलोत्तमा’ लोकार्पण

    काठमाडौं ।

    कथाकार शशी थापा पण्डितद्वारा लिखित ‘कथा संग्रह’ उठ तिलोत्तमा लोकार्पण भएको छ । ‘यूरेका पब्लिकेशन प्रा. लि. को आयोजनमा’ वृहत पुस्तक मेला स्थल भृकुटीमण्डपमा बरिष्ठ लघु कथाकार महेश प्रसाईबाट शशी थापा पण्डितको ‘उठ तिलोत्तमा’ कथा सङ्ग्रह कृति एक समारोहबीच विमोचन गरियो । समारोहको विशेष आतिथ्य नेपाल बाल साहित्य समाजको उपाध्यक्ष प्रमोद प्रधानबाट भएको थियो । विशेष अतिथिको रुपमा वरिष्ठ निवन्धकार युवराज नयाँ घरे, अतिथिको रुपमा नेपाल साँस्कृतिक संघका अध्यक्ष तिर्थ बहादुर थापा, अतिथिको रुपमा कथाकारकी आमा दुर्गा कुमारी थापा, अतिथिका रुपमा प्रा. डा. धन बहादुर कुँवर, प्रा.डा. साहित्यकार धनेश्वर नेपालले गर्नु भएको थियो । यस समारोहमा प्रसिद्ध संगितकार भरत बम्जम, वरिष्ठ सािहत्यकार विजयध्यवज थापा, साहित्यकार घनश्याम पुडासैनी, साहित्यकार प्रकाश घायल, साहित्यकार सूर्य वि.सी., साहित्यकार हिमालधन राई, सामाजसेवी रामहरि थापा, लगायत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता अ.ने.सा.स.का पूर्व अध्यक्ष राधेश्याम लेकालीले गर्नु भएको थियो । सो समारोहमा कथाको समालोचना समालोचक ज्ञानु अधिकारीबाट भएकोे थियो । अधिकारीले शशीको कथाको शिर्षकले नै आपूmलाई तानेको कुरा व्यक्त गर्दै । मिथकका प्रयोग नेपाली समाजमा हरेक क्षेत्रमा हुँदै आएको छ । यस कथा कृतिमा पनि मिथकको प्रयोग कतिपय अवस्थामा भएकोे छ । कथाकार स्वयं पनि संस्कृतविद हुनुहुन्छ । त्यसैले पनि कथाहरू धेरैजसो साँस्कृतिक सम्पदाहरू, पौराणिक सन्दर्भहरु, मिथकिय सन्दर्भहरू, सान्दर्भिक सन्दर्भहरूको प्रभाव परेको देखिन्छ । पहिलो प्रकारको कथाहरू मिथकिय र पौराणिक सन्दर्भहरूका आधारमा तयार गरिएका छन् । दोस्रो प्रकारका कथाहरू नारी स्वतन्त्रताको सन्दर्भका कथाहरू रहेका छन् । नारी स्वतन्त्रतामा पनि सबै भन्दा जोड दिएको पक्ष यौन स्वतन्त्रतालाई दिइएको छ । नारीहरु यौन कै कराबाट ठगिएको कुरा कथामा छ । नारी विद्रोहका कुरा उठाएर चलिरहेको परम्परा माथिको समाजमा एउटा हलचल नै ल्याउन सक्ने कुराको उठान पनि यहाँ भित्रको कथामा उठाइएको छ । अर्काे कथा वैदेसिक रोजगार सन्दर्भमा रहेको छ । त्यस्तै नेपाली विविध जातीय सन्दर्भको संस्कृतिको कुरा पनि कथामा परेका छन् । अर्काे कथा नेपालको भूमि मिचिएको पीडामा पनि कथा बुनिएको छ । त्यस्तै नेपालको दश वर्षे द्वन्दको सन्त्रासको कथा पनि यसमा रहेको छ । यस भित्रका कथा मध्य समालोचकले आपूmलाई सा¥है छोएको र मन परेको कथामा आजका मुना मदन भन्ने कथालाई विपठन गरेर लेखिएको कथालाई लिइएकी छिन् । कतै–कतै कथाका पात्र चयन गर्दा यसरी गरेको भए हुन्छ कि जस्तो पनि आपूmलाई लागेको कुरा उल्लेख गरेकी छन् । त्यस्तै अर्का वक्ता लेकालीले पनि शशीका कथा कविता जतिकै स्तरिय रहेको करा व्यक्त गरेका छन् । प्रमुख अतिथि महेश प्रसाईंले शशीले अहिलेको समाज हरेक अवस्थाबाट क्षेत विक्षेत भएको अवस्थामा पनि जागरण कथाहरू लेखेर लोकतन्त्र मरेको छैन है, नेपाली जनताको चेतना मरेको छैन है भन्ने जस्ता सान्दर्भिक सन्देश दिनु भएको छ उठ तिलोत्तमाको माध्यमबाट । ‘यूरेका पब्लिकेशन प्रा. लि. ले प्रकाशन गरेको यस कथा संग्रह भित्र १५ वटा कथाहरू संग्रहित छन् । कथाकार शशीले यस कृतिमा नेपाली संस्कृतिको, समाजकोबारेहा यथार्थ कथा पस्केकी छन् । समारोहमा कुमार पण्डित, अ ने.सा.स. नेपाल च्याप्टरकी सचिव सरु सुवेदी लगायतले बोल्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार