बिहीबार , साउन २१ गते २०८३

केपी ओली असफल प्रधानमन्त्री हो : देवेन्द्र पौडेल

केपी ओली असफल प्रधानमन्त्री हो : देवेन्द्र पौडेल

अखबार दैनिक
शनिबार, फागुन १५ २०७७
  • केपी ओली असफल प्रधानमन्त्री हो : देवेन्द्र पौडेल

    नेकपाका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएका छन्। जैमिनीमा शनिबार नगरपालिकास्तरीय भेलामा पौडेलले संसद् पुनःस्थापनापछि ओली सत्ता लम्ब्याउने खेलमा लागेको आरोप लगाए।

    उनले भने, ‘प्रधानमन्त्री केपी ओलीले नीतिवान् भएर राजीनामा दिई जनताका पक्षमा मार्गप्रशस्त गर्नुपर्छ।’ पौडेलले अब परिवर्तनकारीहरूको पक्षमा सरकार बन्ने बताए।‘हामी परिवर्तनकारीहरूको पक्षमा छौं, आगामी सरकार परिवर्तनकामीहरूकै पक्षमा बन्नेछ। जनतासँग गरिएका वाचाहरू पूरा हुन्छ,’ उनले भने।

    निर्वाचनका बेला जनतामाझ गरिएका वाचा प्रधानमन्त्री केपी ओलीकै कारण पूरा गर्न नसकेको पौडेलको आरोप छ। ‘हामीले ओलीले गरेका कुनै पनि कामको विरोध गरेनौं, बालुवाटार जग्गा प्रकरण, भ्रष्टाचार, सुशासनलगायत विषयमा उहाँलाई अप्ठ्यारो हुन्छ भनेर बोलेनौं,’ उनले भने, ‘पछि काम गर्न दिइएन भनेर संसद् विघटन गर्नुभयो।’

    पौडेलले अब पार्टी एकता बचाउनुपर्ने बेला आएको पनि बताए। उनले ८३ जना सांसदले पत्र दर्ता गर्न खोज्दा ६ घण्टासम्म सचिवलाई भगाएर प्रतिनिधिसभा बैठकको पत्र दर्ता गर्न नमानेको आरोप पनि लगाए। ‘तर ५ जना सहभागी नभएको क्याबिनेटको बैठकबाट सिफारिस गराएर पठाएको पत्र ३ मिनेटमा स्वीकृत गरिदिने ? यो कस्तो लोकतन्त्र हो ?,’ पौडेलले भने।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार