बिहीबार , साउन २१ गते २०८३

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार : दायाँ भाग चल्न थाल्यो

कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार : दायाँ भाग चल्न थाल्यो

अखबार दैनिक
शनिबार, फागुन १५ २०७७
  • कांग्रेस नेता जोशीको स्वास्थ्यमा सुधार : दायाँ भाग चल्न थाल्यो

    नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको स्वास्थ्यमा सुधार भएको छ। जोशीको दाहिने तिरको हातखुट्टा चल्न थालेको महशुस गरिएको नर्भिक अस्पतालका डा.राजिव झाले बताए। हिजोदेखि स्वास्थ्यमा गम्भीर समस्या भएर अस्पताल पुर्याइएका जोशीको श्वावप्रश्वासमा सुधार आएको झाले बताए।

    डा.झाले भने, ‘अब उहाँको स्वास्थ्यमा क्रमिक सुधार हुँदै जानेछ। जोशी प्राकृतिक रुपमा अहिले पनि कोमामै हुनुहुन्छ।’ जोशीलाई बिहीबार राति १२ बजेतिर बाँया शरीरमा समस्या देखिएको थियो।

    राति परिवारले वीर अस्पताल पुर्याइएकोमा चिकित्सकले जोशीलाई नर्भिक अस्पताल रिफर गरेका थिए। नर्भिक अस्पतालमा टाउकोको सामान्य शल्यक्रिया पछि जोशीको स्वास्थ्य स्थिर रहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार