बिहीबार , साउन २१ गते २०८३

सांसदको किनबेच हुने खतरा बढ्यो : प्रदीप ज्ञवाली

सांसदको किनबेच हुने खतरा बढ्यो : प्रदीप ज्ञवाली

अखबार दैनिक
शनिबार, फागुन १५ २०७७
  • सांसदको किनबेच हुने खतरा बढ्यो : प्रदीप ज्ञवाली

    परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रतिनिधिसभा पुनस्स्थापनापछि संसद्‌मा सांसदहरुको किनबेच हुन सक्ने खतरा बढेको बताएका छन्। नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१औं वार्षिक साधारणसभामा उनले दलहरुको नीतिविहीन गठबन्धन हुँदा सांसदहरुको खरिद-बिक्री हुने थलो बन्ने खतरा बढेको बताए।

    उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं।’ उनले भने, ‘हामी संविधानको सर्वोच्चता भन्ने शक्तिहरु हौं । हामी विधिको साशनमा विश्वास गर्ने शक्तिहरु हौं। हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं। न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ। हामी त्यसलाई कार्यान्वयन गर्छौं। तर कतै फेरी संसद सांसदहरुको खरिद विक्रीको थलो बन्ने त होइन रु कतै सांसद फेरी दलहरुको नीतिहिन गठबन्धनको थलो बन्ने त होइन ?’

    सरकारले पछिल्लो तीन वर्षमा हासिल गरेको उच्च आर्थिक वृद्धिका कारण देश अहिले अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नती हुन सिफरिस भएको बताए। गतवर्ष कोभिडको धक्काका कारण आर्थिक वृद्धि कमजोर भए पनि ऋणात्मक नहुनु सकारात्मक भएको उनको धारणा छ। तीन वर्षसम्म उच्च आर्थिक वृद्धि हासिल हुँदा नेपाल डुइङ बिजनेस इन्डेक्समा एकैपटक १४ स्थानमाथि उक्लिन सफल हुनुले सरकारले आर्थिक विकासमा सही काम गरिरहेको छ भन्ने पुष्टि भएको उनको दावी छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार