बिहीबार , साउन २१ गते २०८३

आजदेखि छायांकनमा स्वस्तिमा र अर्पणको 'चिसो मान्छे'

आजदेखि छायांकनमा स्वस्तिमा र अर्पणको 'चिसो मान्छे'

अखबार दैनिक
मंगलबार, फागुन १८ २०७७
  • आजदेखि छायांकनमा स्वस्तिमा र अर्पणको 'चिसो मान्छे'

    काठमाडौं, फागुन १७ । पछिल्लो समय धेरैको मन जितेको 'आमा'का निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘चिसो मान्छे’को छायांकन आज सोमबारदेखि सुरु भएको छ। सामाजिक सञ्जालमा निर्देशकले शुभ मुहर्तको पूजा गरेको फोटो सामाजिक सञ्जालमा राख्दै छायांकन सुरु भएको जानकारी दिए।

    शर्मिला पाण्डेको निर्माणमा तयार हुने ‘चिसो मान्छे’मा नायिका स्वस्तिमा खड्का, कलाकार अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बीसी लगायत कलाकार महत्वपूर्ण भूमिकामा छन्।

    फिल्ममा सुभाष भुषालको संगीत रहनेछ। दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्म काठमाडौंदेखि बाजुरासम्मका विभिन्न लोकेसनमा फिल्म खिचिने बताइएको छ। 

    शर्मिला पाण्डे फिल्मकी निर्माता हुन्। यसअघि दीपेन्द्र र शर्मिलाको सहकार्यमा बनेको 'आमा' दर्शक र समीक्षकको मन जित्न सफल भएको थियो। फिल्मको प्रदर्शन मिति आगामी वर्षको भदौ ११ तोकिएको छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार